काठमाडौं । १३ वर्षिया बालिका निर्मला पन्तको बलात्कार पछि हत्या भएको झण्डैं पाँच महिना भैंसक्दासम्म अपराधि पत्ता लाग्न सकेको छैन । यस्तैं सानो वुद्धको भेषमा बसेका रामबहादुर बमजनले बलात्कार गरेको र युवत्ति बेपत्ता पारेको समाचार आएपछि उनीमाथि कारबाही नगर्न उनको संगठनले राजनीतिक नेतृत्वलाई हारगुहार गर्न थालेको छ । बमजनको बोधी श्रवण धर्म संघले पुस १३ गते नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”लाई भेटी ज्ञापन पत्र बुझाएको छ।

दाहाललाई भेट्नुअघि संघका मानिसहरूले गृहमन्त्री रामबहादुर थापालाई पनि भेटेर ज्ञापन पत्र दिएका थिए । दाहाललाई बुझाइएको ज्ञापन पत्रमा सेतोपाटी डिजिटल, कान्तिपुर दैंनिक लगायत बमजनबारे समाचार सामग्री प्रकाशनर प्रसारण गर्ने सञ्चारमाध्यमलाई धार्मिक सहिष्णुतामा खलल पुर्याउन लागिपरेको आरोप लगाइएको छ । “बिल्कुलै योजनावद्ध ढंगले धार्मिक सहिष्णुतालाई खलल गराउने कुत्सित मनसाय राखी देश र जनतालाई नै बर्बादीको दिशातर्फ घचेट्ने धृष्टतासहित सेतोपाटी अनलाइन न्युज, कान्तिपुर दैनिकको विशेष अगुवाइमा पछिल्लो समय केही अन्य सञ्चार माध्यम पनि तानिएर महासम्वोधी धर्म संघ गुरूज्यूलाई मानिस बेपत्ता पारेको संगीन आरोप लगाई योजनावद्ध ढंगले गतिविधि विकसित भइरहेका छन्,”
दाहाललाई बुझाइएको पत्रमा भनिएको छ, “अध्यक्षज्यूमार्फत् नेपाली दिदीबहिनी, दाजुभाइ र विश्व समुदायसँग यो अन्यायपूर्ण कायर गतिविधिको विरोध गर्दै साम्प्रदायक दंगा फसाद भड्काउनेतर्फ उन्मुख गतिविधिलाई रोक्नतर्फ कदम चाल्न नेपाल सरकारको ध्यानाकृष्ट गराइदिनुहुन यो मैत्रीय ज्ञापन पत्र प्रस्तुत गर्दछौं।” यो भेटघाटसँगैं बमजन काण्ड पनि राजनीतिकरण हुने देखिएको छ । यस्तो छ दाहाललाई बुझाइएको ज्ञापनपत्र









