विप्लव नेकपाका केन्द्रीय सदस्य एवं जनमुक्ति सेना नेपालका पूर्व कमाण्डर उदयबहादुर चलाउने दीपकले अाफुहरूले प्रचण्ड र बाबुरामहरूले विघटन गरेकाे जनमुक्ति सेनालार्इ नयाँ शिराबाट पुनगर्गठन गरेकाे बताएका छन् ।

केही समयअघि नेकपा महासचिव विप्लवले अाफुहरूसँग जनसेना रहेकाे एक अन्तर्वार्तामा बताएका थिए । विप्लवले साे भनार्इ दिएकाे केही समयपछि उदयबहादुर चलाउनेले यस्ताे अभिव्यक्ति दिएका हुन् ।

जनपाटी अनलाइन टिभीसँगकाे कुराकानीमा तत्कालीन जनमुक्ति सेनाका उपल्लाेस्तरका कमाण्डर समेत रहेका उदयबहादुर चलाउने दीपकले प्रचण्ड-बाबुराम र माेहन वैद्य-बादलसँगकाे विद्राेहपछिकाे विप्लव नेतृत्वकाे पार्टीले जनसेनालार्इ नयाँ शिराबाट पुनगर्ठन गरेकाे दाबी गरे ।

चलाउनेले अन्तर्वार्ताका क्रममा महासचिव विप्लवले जस्तै निकै कुटनीतिक तवरले अाफुहरूले जनसेना पहिलेजस्ताे तरिकाले नबनाएकाे तर नयाँ तरिकाबाट बनाइएकाे जिकिर गरे ।

‘हाे. हामीले माेहन वैद्य र बादल नेतृत्वकाे पार्टीबाट महासचिव विप्लवकाे नेतृत्वमा नयाँ पार्टी बनायाैं, त्यही समयबाट हामीले जनसेनालार्इ नयाँ शिराबाट पुनगर्ठन गर्याैं’, चलाउनेले भने ।

महासचिव विप्लवकाे नेतृत्वमा नयाँ पार्टी बन्नु नै जनसेना पुनगर्ठनकाे प्रकिया शुरू भएकाे जनसेनाका पूर्व कमाण्डर चलाउनेकाे दाबी छ ।

नेपालमा प्रचण्ड र बाबुरामले दिएकाे भयानक धाेका र गद्धारीका विरूद्ध अाफुहरूले ठूलाे विद्राेह गरेकाे र त्यही विद्राेहपछि विप्लवकाे नेतृत्वमा नयाँ तरिकाले क्रान्ति गर्न थालेकाे भन्दै चलाउनेले अाफुहरूकाे नयाँ क्रान्तिमा अाफुहरूलार्इ साथ दिन युवा पंक्तिलार्इ विशेष अाग्रह गरे ।

भिडियाे –

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार