काठमाडौँ – लोक तथा दोहोरी गीतका क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक भागीरथ चलाउनेले दर्शक/श्रोताका लागि नयाँ गीत बजारमा ल्याएका छन् । उनले हालै मौलिक एवं नाचौँ नाचौँ लाग्ने गीत ‘बेशी गाउँको रोधीमा’ सार्वजनिक गरेका हुन् ।
दिनेश सापकोटाको शब्द तथा गायक चलाउनेकै संगीत रहेको गीतमा उनलाई सम्झना भण्डारीले स्वरमा साथ दिएकी छन् । गीतको म्युजिक भिडियोमा लोकदोहोरी क्षेत्रका सुपरिचित गायक, ताहा मोडल रामजी खाँड र अलिस्मा चलाउनेको नृत्य छ ।
मौसम हिमालीको निर्देशन रहेको भिडियोलाई दुर्गा पौडेलले छायांकन गरेका छन् भने प्रबिन भट्टले सम्पादन गरेका छन् । गीत बिपी फिल्मसको ब्यानर मा तयार पारिएको छ ।
यसअघि भागीरथ चलाउनेको ‘कसलाई सोध्ने होला’, ‘गोरखपुरको सलाई’, ‘मन त पराउछिन’, ‘माया जोख्ने तुलो’, ‘दिल चोरेको केसमा’ लगायत दर्जनौ गीतले सर्वाधिक सफलता कमाएका थिए । यो गीतले पनि दर्शक/श्रोताको मन जित्ने उनको विश्वास छ ।







