काठमाडौं –  फिल्मीनगरीमा अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहको चर्चा चलिरहन्छ । कहिले आफ्नु गोप्य अंगमा टाटु हानेर होस् या ‘किसलिला’ ।

साम्राज्ञी फिल्मीनगरीमा प्रवेश गरेपछि प्रेमी फेर्ने मामलामा चर्चा कम हुँदैन । पछिल्लो पटक उनी उद्योग वाणिज्य संघकी अध्यक्ष भवानी राणाका छोरा देवांश राणासँग प्रेम सम्बन्धमा रहेकी छिन् ।

यो हल्लामा मात्र सीमित रहेन अब । जन्मदिन मनाउन देवांशको घर पुगेकी साम्रज्ञीले मदिराको तालमा देवांशसँग ‘किसलिला’ नै मच्चाएकी थिइन् ।

देवांशसँग उनको प्रेमको अंकुर फक्रिँदै गएको विभिन्न कार्यक्रमहरूले पनि देखाउँछ । फिल्मका घोषणा हुन् वा अन्य समय साम्रज्ञी अहिले देवांशबिना देखिन छाडेकी छन् ।

त्यसो त फिल्म मारुनीको घोषणा कार्यक्रममा साम्राज्ञी देवांशलाई च्यापेरै पुगेकी थिइन् । प्रायः आमा नेहा राज्यलक्ष्मीलाई लिएर हिँड्ने साम्रज्ञीले देवांशको साथ पाएपछि अहिले दङ्ग छिन् । आमालाई उनले यस्ता कार्यक्रममा साथ लैजान छाडेकी छन् ।

बरु, आयोजकले नै नेहालाई निम्तो दिने गरेको छ । त्यसैले उक्त फिल्मको कार्यक्रममा आमालाई छाडेर साम्राज्ञी प्रेमीसँग निस्किएकी थिइन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार