काठमाडौं – पटक–पटक चर्चामा आइरहने इशा गुप्ता फिल्म र अभिनयका कारणभन्दा पनि बोल्ड लुक्स र सेक्सी ड्रेसअप कारण चिन्ने गरिन्छ ।
चर्चामा आउन इशा गुप्ता विभिन्न फन्डा पनि गर्ने गर्छिन् । इशालाई दर्शकले पर्दामा हेर्न नपाएको पनि वर्षौं भइसक्यो । तर उनी समाजिक सञ्जालमा भने उत्तिकै सक्रिय देखिन्छिन् ।
इन्स्ट्राग्राममा आफ्ना तालतालका फोटा पोस्ट गर्ने गरेकी उनी अहिले ट्रोल बनेकी छिन् ।
इशाले हालै केही टपलेस फोटा पोस्ट गरेकी थिइन्, जुन फोटा अहिले भाइरल भइरहेका छन् । इशाको ती तस्बिरप्रति कतिपय प्रयोगकर्ताले भद्दा प्रतिक्रिया दिएका छन् ।

केहीले त उनलाई फ्लप हिरोइन भनेर समेत उडाएका छन् । केहीले ‘तिमीले फिल्म पाउन छाड्यौ, तिम्रो यति दुःखदायी दिन पनि आयो’ समेत लेखेका छन् ।
कपडा फुकालेर खिचेको फोटो सामाजिक सञ्जालमा सार्वजनिक गरेपछि इशा आलोचनाकी पात्र बनेकी छन् । तर इशालाई चर्चा पाएपछि आलोचनाको मतलब नै हुँदैन ।







