काठमाडौं-आज सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाए अनुसार आज सुनको भाउ तोलामा एक सयले घटको हो ।मंगलबार तोलमा रु ५९ हजार ७०० मा कारोबार भएको सुनको भाउ बुधबार रु एक सय घटेर प्रतितोला ५९ हजार ६०० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।
यस्तै बुधबार तेजावी सुन तोलमा रु ५९ हजार ३०० मा कारोबार भइरहेको छ । त्यस्तै चाँदी प्रतितोलमा रु ७४५ मा कारोबार भइरहेको पनि महासंघले जनाएको छ ।








