ताप्लेजुङका केवल बानियाँले आर्थिक सहयोगको लागि आह्वान गरेका छन् । उनको खुट्टामा समस्या देखिएपछि देब्रे खुट्टा काटिएको छ । देब्रे खुट्टा काटिएको अवस्थामा उपचार गराइरहेका उनले आर्थिक सहयोगका लागि सबैसँग आह्वान गरेका हुन् ।
खुट्टामा डिपिटीको समस्या देखिएको उनले बताएका छन् । उनी मलेसियामा रोजगारीको लागि जाँदा यस्तो संक्रमण देखिएको हो । आर्थिक अवस्था कमजोर भएका कारण उनी वि.स. २०६२ सालमा रोजगारीको लागि मलेसिया पुगेका थिए । मलेसियामा रहँदै समस्या देखिएपनि उनी नेपाल आएर उपचार गराएका थिए ।
चिकित्सकले देब्रे खुट्टा काट्नु पर्ने सल्लाह दिएको उनले जानकारी दिए । चिकित्सकको सल्लाह अनुसार उनको खुट्टा काटिएको हो । अहिले अर्को खुट्टामा पनि त्यस्तै संक्रमण देखिएको छ । पापीनीलाई खुसी राख्दा मलेसियामा खुट्टा गुम्यो, तै पनि छोडेर गई, ११ महिने छोराको यस्तो हालत…हेर्नुहोस् भिडियो…







