मुम्बइ। मुम्बइको विरारमा एक पिताले आफ्नी १६ वर्षकी छोरीलाई जिउँदै जलाइदिएका छन् । घटना सोमबारको भएको भारतीय मिडिया दैनिक जागरणले आफ्नो समाचारमा लेखेको छ ।ती छोरी आफ्ना कथित ब्वाइफ्रेण्डसँग फोनमा कुरा गर्दै थिइन् र यही कुरामा रिसाएका पिताले छोरीलाई जिउँदै जलाएको समाचारमा जनाइएको छ ।

किशोरीको शरीर ७० प्रतिशत जलिसकेको बताइएको छ । उनलाई पारेलको केइएम अस्पतालमा गम्भीर अवस्थामा भर्ना गरिएको छ ।प्रहरीका अनुसार घटना दिउँसो २ बजेको हो। किशोरी आफ्नो कोठामा बसेर फोनमा कुरा गर्दै थिइन् त्यही बेला उनका पिता त्यहाँ आए । पिताले उनलाई फोन राख्न भने तर उनले कुरा गरिरहिन् ।

उनका पितालाई लाग्यो कि उनको कसैसँग अफेयर चलिरहेको छ र उनी प्रेमीसँग कुरा गर्दैछिन् । त्यसपछि पिताले उनीसँग फोन खोसेर फालिदिए र सोधे कि उनीसँग फोन कहाँबाट आयो ? किशोरीकी आमाले बचाउने कोसिस गर्दा पिताले उनलाई धक्का दिए ।त्यसपछि जब किशोरी कोठाबाट बाहिर निस्किे कोसिस गरिन् पिताले उनलाई समातेर किचनमा लिएर गए त्यसपछि स्टोभबाट मट्टितेल खन्याइ आगो लगाइदिए ।

किशोरी जल्दै घरबाहिर निस्केर गुहार माग्दा उनकी आमा पनि सँगसँगै दौडिरहेकी थिइन् ।छिमेकीले देखेपछि आगो निभाएर उनलाई अस्पताल लिएर गए । पितालाई पक्राउ गरिएको छ । सोधपुछमा उनले छोरी घण्टौं फोनमा कुरा गरिरहने तर कोसँग कुरा गरेको भनेर सोध्दा केही नबताउने गरेको बताएका छन् । उनीविरुद्ध हत्याको प्रयासको मुद्दा दर्ता गरिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार