एजेन्सी। व्यवसायिक कामको लागि बाहिर जान लागेकी एक महिला त्यतिबेला निकै चिन्तित भइन् जब उनी घरबाट हिँडेको केही बेरमै उनका पतिको इमेल आयो । यो इमेलमा उनका पतिले एउटा एक्सेल शिटमा पठाएको थिए । त्यसमा कारणसहित सबै विवरण थियो कि महिलाले कहिले के बहाना बनाएर उनीसँग यौन सम्बन्धको लागि अस्वीकार गरेकी थिइन् ।

यो देखेर चिन्तित महिलाले त्यो सबै सामाजिक संजालमा शेयर गरिदिइन् ।४ वर्ष पहिलेको यो पोस्ट अहिले निकै भाइरल भइरहेको छ । पतिले पठाएको विवरणअनुसार तीन महिनामा उनले पत्नीसँग २७ पटक यौन प्रस्ताव राखेका थिए जसमध्ये उनले ३ पटक मात्र मानेकी थिइन् । बाँकी २४ पटक उनले फरक फरक कारण देखाउँदै यौन प्रस्ताव अस्वीकार गरेकी थिइन् ।

केही पटक भने पत्नीले बिना कारण पनि प्रस्ताव अस्वीकार गरेकी थिइन् । महिलाका अनुसार उनले आफ्ना पतिको यस्तो खराब, असामान्य र रिसाहा रुप कहिल्यै देखेकी थिइनन् । इमेल पाउनासाथ उनले पतिलाई ३–४ पटक फोन पनि गरिन् तर उनले फोन उठाएनन् ।त्यसपछि महिला गन्तव्यमा पुगिन् । त्यहाँ पुगेपछि पनि उनले २ पटक फोन गरिन् तर पतिले जवाफ दिएनन् ।

त्यसपछि उनले म्यासेज गरेर पतिलाई समय मिल्नासाथ आफूसँग कुरा गर्न भनिन् तर पनि पतिले कुनै जवाफ दिएनन् । २६ वर्षकी ती महिलाका अनुसार उनीहरु ५ वर्षदेखि संगै थिए । २ वर्ष पहिले उनीहरुको बिहे भएको थियो । उनीहरुले ५ महिना पहिले मात्र नयाँ घर किनेका थिए । नयाँ घर किनेका कारण उनी निकै व्यस्त भएकी थिइन् जसका कारण यौन सम्बन्धको लागि समय निकाल्न निकै मुस्किल भएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार