पूर्वप्रधानमन्त्री तथा नयाँ शक्ति पार्टी, नेपालका संयोजक डा. बाबुराम भट्टराईले अख्तियारको भूमिका र कार्यशैलीमाथि प्रश्न उठाएका छन् ।

बाराको सिमरास्थित इलाका प्रशासन कार्यालयमा कार्यरत कम्प्युटर सहायक (खरिदार) राज्यनारायण साह १५ सय रुपैयाँ घुससहित पक्राउ परेको खबरमाथि टिप्पणी गर्दै उनले यस्तो टिप्पणी गरेका हुन् । मंगलबार नागरिकताको लागि आवश्यक कागजात बाहिरी जिल्लाबाट मगाउनु पर्ने भन्दै साहले सेवाग्राहीसँग रकम मागेका थिए ।

साहलाई १५ सय घुसको रकमसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडा क्षेत्रीय कार्यालयको टोलीले पक्राउ गरेको थियो ।

‘१५ सय घुस खाने खरिदारलाई पक्रने अख्तियारको खबर राष्ट्रिय मिडियामा पढेर मक्ख पर्ने,’ डा. भट्टराई ट्वीटरमा लेख्छन्, ‘तर ३३ (वा ६३?) अर्बको एनसेल, ७-९अर्बको बुढीगण्डकी, ४-६ अर्बको वाइडबडी, कति-कति अर्बका पप्पूहरूको भ्रष्टाचारबारे चाहिं कानमा तेल हालेर बस्ने !’

ठूला भ्रष्टाचारबारे अख्तियारको बेवास्ताप्रति व्यंग्य गर्दै उनी अगाडि लेख्छन्, ‘अर्बौंको भ्रष्टाचारबारे कानमा तेल हालेर बस्ने वा कोठामा गनगन गर्ने ! धन्य हाम्रो अख्तियार ! धन्य हामी नेपाली !!’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार