नेपालमा पछिल्लो समय विवाहको लागि एक नयाँ ट्रेन्ड सुरु भएको छ । नेकपा सासंद कोमल ओलीले अनलाईनबाटैं जोडी खोज्न सकिने वेवसाइटको उद्घाटन हालैं गरेकी छिन । पछिल्ला दिनहरुमा सामाजिक सञ्जालको माध्यमबाट माया प्रेम गरेर विवाह गर्नेहरुको संख्या पनि अचानक बढेको छ । सामाजिक सञ्जाल फेसबुकमा नेपालमा मात्रैं होईन संसारभरका मानिसहरुको दैनिकीलाई प्रभावित गरेको छ ।

नेपालको विशेष गरेर शहरी क्षेत्रमा पश्चिमा संस्कृतिको प्रभाव फैंलदो क्रममा रहेको छ । शहरमा विवाहलाई जिम्मेवारी भन्दा पनि रमाइलोको रुपमा लिने गरिएको विश्लेषण हुने गर्दछ । फेसबुकमार्फत धेरैंको विवाह भइरहेको छ साथमा पारपाचुके पनि भएको छ । उसो त अहिले प्ले स्टोरमा एप स्टोरमा जोडी जुटाउनको लागि नैं भनेर सयौंको संख्यामा एपहरु पनि रहेका छन । एपहरुको माध्यमबाट पनि सम्पर्क गरेर विवाह गर्ने गरेका छन । आज हामी यि एपहरु भन्दा अलिक फरक कुरा गरिरहेका छौं ।

नेपालको चर्चित पत्रिका कान्तिपुर दैंनिकको विहेवारी भनेर लेखिएको एक विज्ञापनका बारेमा हामी कुरा गरिरहेका छौं । सम्पर्क मोबाइल नम्बर सहित भनिएको छ,“२६ बर्षिया एमआइटी छोरीलाई नेवार बर चाहियो,” यो सँगैं सम्पर्क नम्बर ९८६३३८३९९९ पनि दिइएको छ । नेपालमा रेडियो नेपालमा धेरैं पहिले देखि के तिमी मेरो साथि बन्न सक्छौं भन्ने कार्यक्रम एकदमैं लोकप्रिय बन्दैं आएको छ । अचेल पत्रपत्रिकाको माध्यमबाट पनि विवाहको लागि विज्ञापन हुने गरेको छ ।

भारतमा त विवाहको लागि एजेन्सीहरु नैं खडा गरिएको छ नेपालमा पनि एजेन्सी नभएका होईनन तर चर्चा कमैं मात्रामा हुने गर्दछ । मानिसको व्यस्त जीवनशैंलीले जिन्दगीको बारेमा सोच्ने फुर्सद नभइरहेको बेलामा यस्ता आवेदन खुल्नु फाइदाजनक हुने देखिन्छ । तर व्यापारिक शैंलीमा विज्ञापन गरेर विवाह गर्दा भविष्यमा श्रीमान श्रीमती भएर बस्न कत्तिको सहज हुन्छ ? यो प्रश्न भने सबैंका लागि सोच्नुपर्ने विषय बन्न पुगेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार