अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका रोकाहा टोलामा एक युवती द्धारा आफ्नै कोठामा झुन्डिएर आत्म हत्या गरेकी छन ।सन्धिखर्क नगरपालिका वार्ड नम्बर ३ रोकाहा टोलाका २२ वर्षिय खड्क प्रसाद मुखियाकि श्रीमती १८ वर्षीय भिमा मुखियालले आफ्नै कोठामा झुण्डिएर आत्महत्या गरेकी हुन ।

गत पौषमा विवाह बन्धनमा बाधिएकी भिमा र खड्क बिच राम्रो माया प्रेम – सम्बन्ध रहेको स्थानीयवासिले बताएका छन अहिले जिल्ला प्रहरी कार्यलय घट्ना स्थलमा पुगिसकेको छ ।भिमाको माईती घर अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकाको वार्ड नम्बर १ चिदिकामा रहेको बुझिएको छ ।आत्म हत्या के कारणले गरेकी हुन भन्ने बारेमा खुल्न सकेको छैन भने प्रहरीले अनुसन्धान गरिरहेको छ ।साथै अर्घाखाँचीमा पछील्लो समय आत्महत्या गर्नेको संख्या बढेको छ ।रोचकजानकारी डट कम बाट साभार

मुगु – छायाँनाथ रारा नगरपालिका–७ टोप्ला गाउँ निवासी एक युवाको मोटरसाईकल दुर्घटनामा मृत्यु भएपछि उनको १३ दिने काजक्रिया सकेकै दिन पत्नीले आत्महत्या गरेकी छन् ।टोप्ला गाउँका २९ वर्षीय नवराज शाहीको गत पुस ७ गते सोरु गाउँपालिकाको तातोपानीबाट आउँदै गर्दा भे ८ प ७०७८ नम्बरको पल्सर मोटरसाईकल दुर्घटना हुँदा मृत्यु भएको थियो ।नवराजकी पत्नी लालुमायाले १३ दिने काजक्रिया सकेकै दिन आत्महत्या गरेकी हुन् । लामो समयदेखि प्रेममा परेपछि लालुमाया केही हप्ताअघि मात्रै परिवारको इच्छा विपरित नवराजको घरमा श्रीमतिकै रुपमा बस्न थालेकी थिइन् ।

शाहीकी पत्नी ३० वर्षीया लालुमायाले गाईगोठमा दोपट्टा कसेर आत्महत्या गरेकी हुन् । सोरु गाँउपालिका जिमा गाउँको कर्णाली नदी किनारमा रहेको तातोपानी कुण्डमा नुहाउन आफन्तलाई पुर्याएर बिहीबार घर फर्कँदै गर्दा साँझ ५ बजे फूली गाउँस्थित गमगढी धौकोट धुलाचौर सडककोे भिरमा मोटरसाईकल दुर्घटनामा परी नवराजको मृत्यु भएको थियो । घटनापछि बुधबारै मृतकको लाशलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । अन्नपूर्ण पोस्टमा खबर छ

बैंकक: थाइल्यान्डमा एक व्यक्तिले आफ्ना ससुराली खलकद्वारा अपमानित भएको महशुसपछि आफ्ना बच्चाहरुसहित परिवारका ६ सदस्यको हत्या गरेका छन् । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । उक्त हत्याकाण्ड नयाँ वर्षको इभ मनाउने क्रममा भएको हो । उनले आफ्ना दुई बच्चा लगायत ६ सदस्यको गोली हानी हत्या गरेको र आफैँलाई पनि गोली हानेका थिए ।ती व्यक्तिको पहिचान सुसिप सोर्सग् भएको प्रहरीले जानकारी दिएको छ । घटनाका बेला उनी मादक पदार्थले अत्याधिक मातेका थिए।

उनले आफ्नो ९ वर्षीय छोरा र ६ वर्षिया छोरीको पनि गोलि हानी हत्या गरेका हुन्, लेफ्टिनेन्ट कर्नेल काम्पापनले एएफपीलाई भने।बाँकी चार मृत्यहरुमध्ये दुई महिला दुई पुरुष रहेका छन् जो ४७ देखि ७१ वर्षसम्मका रहेका छन्।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार