काठमाडौँ – काठमाडौँमा एक पुरुषको शव फेला परेको छ ।काठमाडौँको नँया बसपार्क नजिकै विष्णुमति खोलामा गोरखा घर भई राजधानीमा बसोबास गर्दै आएका एक बिद्यार्थीको शव फेला परेको हो ।

धोबिचौरस्थित पब्लिक युथ क्याम्पसमा बिबिएस तेस्रो बर्षमा अध्ययनरत बिद्यार्थी अनुज सिम्खडाको शव बुधबार साँझ भेटिएको हो ।पौष १० गतेदेखि सम्पर्कबिहिन भएका अनुज सिम्खडाको बुधबार साँझ भेटिएको र अहिले पोस्टमार्टमको लागि शिक्षण अस्पताल महाराजगंजमा राखिएको प्रहरीले जनाएको छ। दाजु पुष १० देखि हराएपछी अनुजकी बहिनि सुनिता सिम्खडाले फेसबुकमा आफ्नो दाजु हराएको र फेला पार्नुहुनेले प्रहरीमा खबर गरिदिन मोबाइल नम्बर राखेर सामाजिक संजालमा पोस्ट गरेकी थिईन।प्रहरीका अनुसार हराएको केहि दिनपछि शव फेला पर्नुमा अनुजको हत्या भएको हुनसक्ने र थप अनुसन्धन भइरहेको प्रहरी जनाएको छ।

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले वाइडबडी खरिद पक्ररणमा भ्रष्टाचार भएको पाइए दोषी कसैलाई नछोड्ने प्रतिवद्धता जनाएका छन्।नेपाल टेलिभिनजबाट प्रसारण हुँने कार्यक्रम जनता सँग प्रधानमन्त्रीमा बोल्दै उनले नेपाल वायुसेवा निगमले भित्र्याएको दुईवटा वाइडबडी विमान खरिद प्रकरणमा भ्रष्टाचार भएको देखिए उच्चस्तरीय छानबिन समिति गठन गरेर दोषी कसैलाई नछोड्ने प्रतिवद्धता जनाए ।बाइडबडि खरिद गर्दा भएको अनियमितता बारे छानविनका लागि गठित संघिय संसदको लेखा समितिअन्तर्गतको उपसमितिले ४ अर्ब ३५ करोड रुपैयाँ भन्दा बढी रकम भ्रष्टाचार भएको ठहर र केहि उच्च पदस्थ व्यक्तिलाई कारबाहि सिफारिस गरेको तर्फ भने प्रधानमन्त्री ओलीले असन्तुष्टि व्यक्त गरे।समितिलाई प्रतिवेदन बुझाउँन गठन भएको उपसमितिले तयार पारेको प्रतिवेदन पहिले सञ्चारमाध्यममा कसरी आयो? समितिलाई प्रतिवेदन बुझाउँने हो कि मिडियालाई ? कि अन्तै भन्दै प्रधानमन्त्री ओलीले उपसमितिको प्रतिवेदन प्रति आशंका व्यक्त गरे। यो कुराले आफु आश्चर्यचकित भएको उनको भनाई छ

उपसमितिका संयोजक राजेन्द्र केसीले बुधबार छानविन प्रतिवेदन समिति सभापति भरत शाहलाई हस्तान्तरण गर्दै ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको बताएका थिए । संयोजक केसीले एयर बस कम्पनीले वास्तविक केकति रकम प्राप्त गरेको भन्ने तथ्य जानकारी नभएको र त्यो तथ्य थप नोक्सानी रकम बढ्ने दाबी गरेका थिए ।उपसमितिले वाइडवडिमा भएको अनियमितता बारे ३८ पृष्ठ लामो प्रतिवदेन तयार पार्दै संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीसहित बहालवाला सचिवहरुलाई समेत कारवाहीका लागि सिफारिस गरेको छ।वाइडबडी विमान खरिदमा विशेष भूमिका निर्वाह गरेका निगमका महाप्रवन्धक सुगतरन्त कंसाकारलाई तत्काल निलम्बन गर्न भनिएको छ भने दुई पुर्वमन्त्रीलाई समेत कारबाहिका लागि सिफारिस गरिएको छ ।काठमाडौं । काठमाडौंबाट ठूलो मात्रामा लागुऔषध बरामद भएको छ ।

प्रहरीको लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वरले काठमाडौं उपत्यकाबाट ठूलो मात्रामा लागुऔषध बरामद गरेको दाबी गरेको छ । गूऔषध कारोबार गर्ने गोदामबाट नै भारी मात्रमा लागूऔषध बरामद गरेको बताइएको छ । लागुऔषधमा चरेस देखि अन्य पनि रहेको जनाइएको छ। यसबारे विस्तृत जानकारी प्रहरीले दिएको छैन । यसबारे सम्पूर्ण जानकारी गराउन ब्युरोले बिहीबार साढे दुई बजे पत्रकार सम्मेलनको आयोजना गरेको छ।kindhit.com

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार