काठमाडौ । पछिल्लो समय नायिका प्रियंका कार्की चलचित्रमा दिएका दृष्यकै कारण निक्कै चर्चामा छिन् । बिबाह नजिकिदै गर्दा झनै गहिरा र उत्तेजक दृष्य दिएपछि उनी केही चर्चामा छिन् त केही आलोचनाको शिकार बनेकी छिन् ।

‘कथा काठमाडौ’ चलचित्रमा अभिनेता प्रमोद अग्रहरीसँग दिएको उत्तेजक दृश्यका कारण चर्चा र आलोचना दुबै खेपेकी अभिनेत्री प्रियंकाले फेरि अभिनेता अपर्ण थापासँग यस्तै दृश्य दिएकी छन् । उनले चलचित्र ‘अनागत’का लागि अर्पणसँग यस्तो दृश्य दिएकी हुन् ।
निर्माण युनिटले यसको प्रदर्शन मिति ११ माघलाई घोषणा गर्दै टिजर समेत ल्याएको छ । टिजरमा प्रियंका र अपर्णको अन्तरङ्ग दृश्य समावेश गरिएको छ । करिव २ वर्ष अगाडि छायाँकन भएको यो चलचित्रमा प्रियंका र अर्पण श्रीमान् श्रीमतीको भूमिका छन् । चलचित्रले श्रीमान् श्रीमतीबीच घर व्यवहारमा उब्जिने समस्यालाई देखाउने बताइएको छ ।
साम्तेन भुटियाको निर्देशन रहेको चलचित्र सस्पेन्स थ्रिलर जानरामा निर्माण भएको छ । अर्पण र प्रियंकासँगै प्रविण खतिवडा र रोशिन सुवेदीको मुख्य भूमिका देख्न सकिने चलचित्र माउन्टेन रिभर फिल्मस् र टाइनी बट बिग पिक्चर्सको ब्यानरमा निर्माण भएको हो ।
समीर उपाध्याय, चन्द्रकुमार झा, स्व।निलु डोमा शेर्पा र निर्देशक भुटिया निर्माता रहेको चलचित्रमा चन्द्रकुमार झाको कथा रहेको छ ।







