नवलपरासी । जंगलमा सँगै घासदाउरामा जाँदा पत्नीको मोबाइलमा फोन आउँछ नै । मोबाइलमा फोन गर्नेको नाम नभन्दा २२ वर्षीया कमला चौधरीको हत्या भएको छ, त्यो पनि पतिबाटै ।

पश्चिम नवलपरासीको बर्दघाट–४ लक्ष्मीनगरका सुनील चौधरीले पत्नी कमलाको हत्या गरेका हुन् । ४ पुसमा सँगै जंगल गएका बेला कमलाको फोन आएपछि सुनीलले सोधेका थिए । कमलाले नबताएपछि रिसको झोकमा घाँटी थिचेर हत्या गरेको सुनीलले स्वीकारेका छन् ।

अझ रमाइलो त जंगल जाँदा पत्नी हराएको भन्दै सुनीलले मिडियामा समाचारसमेत दिएका थिए । पत्नीको खोजी गर्न प्रहरीमा भनेका थिए ।

कमला हराएको १४ दिनपछि स्थानीय महिला घाँस काट्न गएका बेला चिसापानी जंगलमा कमला मृत भेटिएकी हुन् । कमला र सुनीलको प्रेमविवाह भएको हो । विवाहपछि दुवै जनामा मनमुटाव बढेको थियो । सुनीलले कमलामाथि शंका गरेरै हत्या गरेको स्वीकार गरेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार