काठमाडौं । भारतीय जनता पार्टीका नेताको छोराले कांग्रेस नेताको गोली प्रहार गरि हत्या गरेका छन् । भारतको उत्तराखण्डको उधमसिंह नगरको रुद्रपुरमा सुभास विश्वासका छोरा सञ्जुले कांग्रेस नेता डा नीरज बडोईको गोली हानेर हत्या गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् । गोली प्रहार गरेका सञ्जु भने फरार रहेका छन् । उनका बुवा सुभाषलाई स्थानीयले पिटेर घाइते बनाएका छन् ।
लेनदेनको विषयलाई लिएर दुवै पक्षको पञ्चायत बसेको थियो । सोही विषयमा भएको विवादका क्रममा भाजपाका नेता सुभाषका छोराले गोली प्रहार गरेर कांग्रेस नेता बडोइको हत्या गरेका हुन् । सो क्षेत्रको रहेको बजारलाई व्यवस्थित गर्न गठित बजार कमिटीलाई लिएर दुवै पक्षको पञ्चायत बसेको थियो ।
यस कमिटीको केही दिन अघि हटाइएका भाजपाका नेता सुभाषले कमिटीको चार लाख रुपैयाँ जम्मा गरेका थिएनन् । यही विषयका कारण कांग्रेस नेताको शुक्रबार हत्या भएको हो ।







