नेपाल कम्युनिस्ट पार्टी अछामको सदुरमुकाम मंगलसेनमा बृहत् सामना सास्कृतिक परिवारको सांस्कृतिक प्रस्तुति तथा जनसभा कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

कार्यक्रमलाइ नेकपाका सेती व्युरो कार्यलय सचिव तथा व्युरो सदस्य डवल शाह प्रमुख, डोटी जिल्ला इन्चार्ज शेरबहादुर देउवा , अछाम जिल्ला इन्चार्ज शेरबहादुर विश्वकर्मा (दर्शन), दार्चुला जिल्ला इन्चार्ज रमेश नेपालीलगायत नेताहरूले संवाेधन गरेका थिए ।

कार्यक्रममा अखिल नेपाल टेड्र महासङ्घका केन्द्रीय उपाध्यक्ष कमरेड अनुकुल, अखिल नेपाल किसान सङ्रघ क्रान्तिकारी पश्चिम कमान्ड इन्चार्ज काली शाही, सामना परिवार सरल माझी अखिल (क्रान्तिकारी) बाके जिल्ला सचिव डिबि शाही र अछामका प्रथम सहिद टन्क बोगटीका छोरा युवराज बोगटीले आतिथ्यता गरेका थिए ।

कार्यक्रमलाई प्रमुख अतिथि डबल शाह लगायत नेताहरुले केपी वली–प्रचण्ड नेतृत्वको कथित वाम सरकारको विरोध गर्दै यो सरकारको विकल्पमा जनताको जनसरकार देशव्यापी रुपमा अगाडी बढिरहेको बताएका छन् । अछाम जिल्ला सेक्रेटरी केबिको अध्यक्षता, आरोही नेपालीको सञ्चालनमा स्वागत मन्तव्य लोकेन्द्र शाहीले गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार