नेपाल वायुसेवा निगमले खरिद गरेको वाइडबडी जहाजमा भएको भ्रष्टाचारको विरुद्ध विप्लव नेतृत्व निकट अखिल (क्रान्तिकारी)ले  आइतबार विरोध प्रदर्शन गरेको छ ।

विरोध सभापछिकाे काेणसभालार्इ सम्बोधन गर्दै अखिल (क्रान्तिकारी)का अध्यक्ष ढकालले भ्रष्टाचारीलाई कारबाही राज्यले नगरे आफ्नो संगठनले गर्ने बताएका छन् ।

वाइडबडी जहाज खरिद प्रकरणमा ४ अर्ब ३५ करोड ५६ लाख रुपैया भ्रष्टाचार भएको भन्दै संसदवादीहरुले वायुसेवा निगमलाई दुहुनु गाई बनाएको र बेलाबेलामा अरबौ भ्रष्टाचार गर्ने गरेको भन्दै जनताले राज्यलाई कर तिर्नुको औचित्य समाप्त भएको बताए ।

विरोध कार्यक्रममा सम्बोधन गर्दै संगठनका महासचिव प्रकाश शाहीले जनता महँगीले उठ्न नसक्ने अवस्था रहेकाे र आम विद्यार्थीहरु बेरोजगारीको समस्याले आत्महत्या गर्नुपर्ने अवस्था रहेकाे तर राज्यमा बसेकाहरुले नै अरबौँ भ्रष्टचार गरिरहँदा हामी चुप लागेर नबस्ने बताए । उनले भ्रष्टचारी गर्नेहरुलाई सडकमा ल्याएर फाँसि दिनुपर्ने अवस्था आएको बताए ।

उक्त कार्यक्रमको सञ्चालन सङ्गठनका कोषाध्यक्ष नरेन्द्र विकले गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार