पाँचथरको मितलाजुङ गा.पा. ५ कुरुवामा एक वालकलाई पसु झै दाम्लोले बाधेर राखिएको छ । आमा सिला चेमजोङले दोस्रो विवाह गरेर गएपछि हजुरआमा र हजुरवुवाले दाम्लोले बाधेर रानेका हुन् ।

नावालक छोरालाई छोडेर आमाले दोस्रो विवाह गरेर गएपछि ५ वर्षिया बालकलाई २ वर्ष यता दाम्लोले बाधेर राखिएको छ । बाधेकै ठाउँमा चिसो भातको डल्ला खान दिने गरिएको छ । धान कुट्ने ओखलीमा बालकलाई दाम्लोले बाधेर राखिएको छ ।

श्रीमान् वैदेशिक रोजगारको क्रममा वाहिर गएको बेलामा यता श्रीमतीले दोस्रो विवाह गरेर गएकी हुन । ती बालकले खुट्टामा बाधिएको दाम्लो चिच्याउदै खोल्न खोज्छन् । हजुरआमा भन्छिन् बालकको मानसिक सन्तुलन ठिक नभएको र जता पायो त्यतै जाने अनि जे पायो त्यहि खाने भएका कारण उनलाई दाम्लोले बाधिएको बताईन । उनलाई रातको समयमा समेत बाधेर राख्ने गरेको पनि बताईन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार