नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी प्युठानले स्वर्गद्वारी नगरपालिकाको प्रमुख नेत्रबहादुर रोकायलाई कालोमोसो लगाएको छ ।

आफ्नो पार्टीको नाममा बेनामी चेक काटी भ्रष्टाचार गरेको, उपभोक्ता समितिमा पार्टीका कार्यकर्ता तथा नेतालाई पदा धिकारी बनाई किर्ते बिल भरपाई मिलाई मोटो रकम अनियमितता गरेको, जनतामाथि अनावश्यक कर थोपरेको अाराेप लगाइएकाे छ ।

साथै संस्थागत रुपमा भ्रष्टाचार गरेको, प्राकृतिक स्रोत साधनमाथि नीति नियम विपरीत कमिशनको भरमा दोहन गर्न खोजेको र कर्मचारी पदपूर्तिमा विज्ञापन गरेको देखाई आफू निकट उम्मेद्वार लाई नियुक्त गरेको भन्दै जनकारवाही स्वरुप कालोमोसो दलेको हो ।

कम्युनिस्ट सरकार बनेयता पटक पटक यस्ता भ्रष्टाचार गर्नेहरूमाथी नेकपा विप्लवले कारबाही गर्दै आइरहेको छ।

ने.क.पा. प्युठानका अनुसार यो पहिलो चरणको कारवाही गरेको बताएको छ। यस कार्वाहीबाट स्थानीयहरू खुशी समेत भएकाे नेकपाले जनाएकाे छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार