वरिष्ठ गीतकार योगेन्द्रमणि दाहाल पक्राउ परेका छन्। १२ करोड जरिवाना र दुई वर्ष कैद सजाय फैसला पाएपछि फरार रहेका दाहाललाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले राजधानीबाट पक्राउ गरेको हो।
उनलाई २०७४ साल मंसिर १४ गते जिल्ला ठगी मुद्धामा अदालतले १२ करोड ३५ लाख ९६ लाख पाँच सय चार रुपैयाँ जरिवाना र दुई वर्ष कैदको फैसला सुनाएको अपराध महाशाखाद्वारा जारी विज्ञप्तिमा बताइएको छ।
नेपाल बिटुविन तथा ब्यारेल उद्योगमा लेखा अधिकृत रहेका दालले ठुलो रकमको हिसाब बुझाएका थिएनन्। २०७३ सालमा दायर मुद्धामा अदालतले दुई करोड ५० लाख धरौटी मागेर दाहाललाई छाडेको थियो। annapurnapost







