
सत्ताधारी नेकपाका युवा नेता लेखनाथ न्यौपानेले मनाव तस्करीमा मुछिएकी राजदूत शेर्पाले प्रधानमन्त्रीलाई तीन करोड खुवाएको कुरा सत्य हो भने प्रधानमन्त्री ओलीलाई जेल हाल्नु पर्ने चेतावनी दिएका छन् ।
नेता न्यौपानेले सामाजिक सञ्जाल फेसबुकमार्फत यस्तो धारणा दिएका हुन्। उनले सामाजिक सञ्जालमा लेखेका छन्, लक्की शेर्पाले भनेको ‘३ करोड ओलीलाई बुझाएकी हुँ भन्दै सञ्चार माध्यममा सघनतामा समाचार आएको छ । यदि उनले यो बिषय भनेकै हुन् भने उनलाई तुरून्तै समातेर जेल हाल्नु पर्यो । घुस खुवाएर राजदुत बन्ने अपराध सामान्य होइन । उनलाई यो बिषय प्रमाणित गर्न लगाउनुपर्यो । यदि घुस खाएर राजदुत बनाइएको सही हो भने ओलीलाई पनि जेल कोच्नु पर्यो, खुस खाने अपराध गर्ने छुट कसैलाई छैन ।
लक्की शेर्पाले भनेको ‘३ करोड ओलीलाई बुझाएकी हुँ भन्दै सञ्चार माध्यममा सघनतामा समाचार आएको छ । यदि उनले यो बिषय भनेकै हुन् भने उनलाई तुरून्तै समातेर जेल हाल्नु पर्यो । घुस खुवाएर राजदुत बन्ने अपराध सामान्य होइन । उनलाई यो बिषय प्रमाणित गर्न लगाउनुपर्यो । यदि घुस खाएर राजदुत बनाइएको सही हो भने ओलीलाई पनि जेल कोच्नु पर्यो, खुस खाने अपराध गर्ने छुट कसैलाई छैन ।
पार्टीभित्रका गलत प्रवृतिको विरुद्ध निर्मम भएर लड्दै आएका प्रभावशाली नेता न्यौपानेको यो कडा प्रतिक्रियासँगै राजनीतिवृतमा तरंग फैलिएको छ । अहिले प्रधानमन्त्री ओलीको बारेमा यसरी बोल्ने हिम्मत गर्नु सामान्य विषय भने होइन । गत हप्ता मात्रै पनि उनले सरकार र नेताको १५ बुँदामा भण्डाफोर गरेका थिए ।
साेही क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले छनिवनकाे लागि माग गर्दै दाेषीलार्इ पक्राउ गर्न दबाब बढाएपछि उनले प्रम अाेलीमाथि यस्ताे प्रतिक्रिया दिएका हुन्। सत्ताधारी सांसदले समेत आपत्ति जनाएपछि उनलाई केही समयअघि परराष्ट्र मन्त्रालयमा बोलाएर सोधपुछ गरिएको थियो ।
शेर्पाका पूर्वचालक वाङ्छु शेर्पाले उनलाई मानव बेचबिखनको आरोप लगाएपछि विवादमा परेकी थिइन् । विवादमाथि छानबिन गर्दै परराष्ट्र मन्त्रालयले शेर्पालाई राजदूत कायमै राख्न उचित नहुने ठहर गर्दै उनीमाथि छानविनको लागि समिति बनाएको थियो।








