काठमाडौं । पछिल्ला दिनहरुमा सडक दुर्घटना नेपालमा बढ्दैं गइरहेका छन । काठमाडौंबाट बर्दियातर्फ जाँदै गरेको यात्रुवहाक बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–९ हुग्दीपुल नजिकै आज बिहान दुर्घटना हुँदा ३१ घाइते भएका छन् । अत्याधिक गतिमा गुडेको बा२ख ४६८३ नम्बरको बस मोडमा सडकमै पल्टिएर दुर्घटना भएको इलाका प्रहरी कार्यालय गजुरीले जानकारी दिएको छ ।

दुर्घटनामा ३१ जना घाइते भएका छन् । घाइतेको बजारवासी र प्रहरीले उद्धार गरेका थिए । घाइतेहरुको राजमार्ग सामुदायिक अस्पताल मलेखु र गजुरी प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेकाले थप उपचारका लागि काठमाडौं ल्याइएको छ । गाडीमा ४१ जना यात्रु सवार रहेको जनाइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार