भैरहवा – रुपन्देहीको सीमा क्षेत्र शंकरपुरमा प्रहरी र तस्करबिच भिडन्त हुँदा १ जना तस्करको मृत्यु भएको छ।बिशेष सूचनाको आधारमा सो क्षेत्रमा तस्करी भइरहेको खबर पाउना साथ तस्करी रोक्न सादा पोसाकमा खटिएकाे प्रहरी टाेलीबीच भिडन्त हुँदा ती तस्करकाे मृत्यु भएको हाे। गस्तीमा रहेको प्रहरी टोलीले चेकजाँचको लागि रोक्दा मोटरसाइकलमा आएका दुई जनाले एक्कासी गोली चलाएको र प्रहरीले पनि प्रतिरक्षाको लागि गोली चलाउँदा एक जनाको ज्यान गएको बताए।
भारतीय नम्बर प्लेट यु पी ५३ एच २०२८ को मोटरसाइकलमा आएका उनीहरूलाई चेकजाँचको लागि रोकेपछि मोटरसाइकल पछाडि बसेको व्यक्ति भागेको र चालकले नै प्रहरीमाथि गोली हानेको थियो ।
अन्दाजी ३०–३५ वर्षका मृतकको शव भीम अस्पताल भैरहवामा राखिएको छ। उनको अहिलेसम्म पहिचान खुल्न सकेको छैन। ‘मृतकको साथमा पहिचान खुल्ने कुनै कागजात वा वस्तु फेला परेको छैन, स्थानीयले पहिचान गर्न नसकेकाले अनुसन्धान भइरहेको छ । तस्करको गोली लगेर एक जना प्रहरी समेत घाइते भएका छन्। उनको बाँया पाखुरामा गोली लागेको छ ।







