२९ पुस, काठमाडौं । प्रहरीले ललितपुरको गोदावरी–३, फुल्चोकीको जंगलमा हराएका १६ जना युवाको उद्दार गरेको छ ।

शनिबार साँझ फुल्चोकीको जंगलमा घुम्न गएका उनीहरुले हराएको भन्दै प्रहरी कन्ट्रोल १०० मा खबर गरेपछि उद्दार गरिएको हो ।

ललितपुर प्रहरी परिसरका एसपी शेखर खनालका अनुसार उनीहरुलाई गोदावरी बसपार्कबाट १० किलोमिटर पूर्व फुल्चोकी जंगलको बीच खोंचबाट उद्दार गरिएको थियो ।

उनका अनुसार ललितपुर परिसरसहित सातदोबाटो वृत्त र प्रहरी प्रभाग, बाडेगाउँसहितबाट गरी ७ वटा भिन्दाभिन्दै टोली खोजी तथा उद्दारमा परिचालित भएको थियो ।

उद्दार गरिएकामा ४ किशोरीसमेत छन् ।onlinekhabar

https://www.facebook.com/onlinekhabarnews/videos/2553289824686465/?t=0

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार