गाईघाट : उदयपुरको सदरमुकाम गाईघाटमा निर्माणाधिन आँखा अस्पताल भवनका लागि जापान सरकारले ८१ हजार १९२ अमेरिकन डलर सहयोग गर्ने भएको छ। नेपाल नेत्र ज्योती संघ उदयपुरमार्फत खर्च गर्ने गरी जापानिज रातदुताबासले अस्पतालका लागि करिब ९० लाख ५० हजार नेपाली रुपैयाँ सहयोग गर्ने प्रतिवद्धता जनाएको हो। भवन निर्माणसँगै प्राथामिक आँखा उपचार केन्द्र सुविधा सम्पन्न अस्पतालको रुपमा परिणत हुने नेत्र ज्योती संघका सभापति भागवत राउतले जानकारी दिए।

भवनको अभावमा भाँडा तिरेर सञ्चालनमा ल्याइएको केन्द्रलाई दातृनिकायको सहयोगमा भवन निर्माण गरी अस्पतालमा परिणत गर्न लागिएको हो। प्राथामिक आँखा उपचार केन्द्र विगत १० वर्षदेखि नेत्र ज्योति संघ मातहतमा रहेर उदयपुर, खोटाङ, भोजपुरका जनतालाई सेवा पुर्‍याउँदै आएको छ। संघका सभापति भागवत राउतले जानकारी दिए।

उपलब्ध गराइने रकम संघका सभापति राउत र जापानका राजदुत मासामिची साइगाबीच पुस १३ गते नै सम्झौता भइसकेको छ। सामान्य अप्रेशनका लागि पनि ठूलो रकम खर्च गरेर बाहिर जिल्ला जानुपर्ने भएकाले सर्वसाधारणका हितलाई मध्यनजर गरी सुविधा सम्पन्न अस्पताल निर्माण गर्न लागिएको राउतले बताए।

भवन निर्माण लगत्तै प्रभावकारी उपचार सेवा सुरु गरिने उनले बताए। त्रियुगा नगरपालिकाले आँखा अस्पताल सञ्चालन गर्ने गरी वडा नं १० बाँसबारीमा नेत्र ज्योति संघलाई २०६५ पुस २५ गतेको नगरपरिषदबाट पारित गरी साविक भुमरसुवा ४ ‘छ’ कित्ता नं ६८३ बाट १ बिघा जमिन भोकाधिकार हस्तान्तरण गरेसँगै भवन निर्माणको काम सुरु गरिएको हो।annapurnapost

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार