केन्डल जेनरः वर्ष २०१६ मा फोब्र्सको सर्वाधिक कमाइ गर्ने मोडलहरूकोसूचीकोतेस्रो स्थानमा रहँदा सुपर मोडल केन्डल जेनरकोकमाइ १० करोड अमेरिकी डलर थियो । गत वर्ष उनको कमाइ दुई गुणाभन्दा बढी हुँदै २ करोड २० लाख अमेरिकी डलर पुगेको थियो ।

यो वर्ष उनको कमाइ २ करोड २५ लाख अमेरिकी डलर पुगेको छ । यो कमाइलले केन्डललाई सर्वाधिक कमाइ गर्ने मोडलहरूको सूचीको पहिलो स्थानमा उभ्याएकोछ । २३ वर्षीया केन्डलको आबद्धता कस्मेटिक ब्रान्ड एस्टी लाउडर, स्र्पार्ट्स वेयर ब्रान्ड एडिडास तथा क्याल्भिन क्लाइन जस्ता ब्रान्डसँग छ ।
कार्ली क्लसः वर्ष २०१६ मा फोब्र्स पत्रिकाको वर्ष २०१६ को सर्वाधिक कमाइ गर्ने मोडलहरूको सूचीमा तेस्रो स्थानमा रहँदा कार्ली क्लसको कमाइ १ करोड अमेरिकी डलर थियो भने गत वर्ष त्यो ९० लाख अमेरिकी डलरमा झरेको थियो, जसले गर्दा उनी गत वर्षको सूचीमा सातौं स्थानमा थिइन् ।

यो वर्ष उनको कमाइ ह्वात्तै बढेको छ अहिले उनको कमाई १ करोड ३० लाख अमेरिकी डलर पुगेको छ उनी यो सूचीको दोस्रो स्थानमा छिन् । भोग म्यागाजिनका विभिन्न संस्करणमा ३६ पटकसम्म कभर गर्ल भैसकेकी कार्ली क्लसको आबद्धता एडिडास, स्वारो स्की, एस्टी लाउडर जस्ता विश्व विख्यात ब्रान्डसित छ ।
क्रिस्सी टिएगनः फोब्र्सको सर्वाधिक कमाइ गर्ने मोडलहरूको सूचीमा गत वर्ष पदार्पण गर्दै सीधैतेस्रो स्थान ओगट्न सफल क्रिस्सी टिएगन यो वर्षको सूचीमा पनि तेस्रो स्थानमै छिन् । स्पोर्टस् इलस्ट्रेटेड म्यागजिनकोकभर गर्ल समेत रहिसकेकी क्रिस्सीको यो वर्षको कमाइ गत वर्षको तुलनामा घटेको पाइन्छ ।

यो वर्ष उनको कमाइ १ करोड १५ लाख अमेरिकी डलर रह्यो । जबकि गत वर्ष उनको कमाइ १ करोड ३५ लाख अमेरिकी डलर थियो। द लिप सिन्क ब्याटल नामक टेलिभिजन शोकी हो स्ट तथा कुक बुककी लेखिका क्रिस्सीलेयो वर्ष कुक बुककोदोस्रोसंस्करणसमेत बजारमा ल्याएकी छिन् ।
रोजी हन्टिङटन ह्वाइट्लीः इङ्लिस मोडल एवं अभिनेत्री रोजी हन्टिङटन व्हाइट्ली फोब्र्स पत्रिकाको वर्ष २०१८ को सर्वाधिक कमाइ गर्ने मोडलहरूको सूचीमा क्रिस्सी टिएगनसंगै तेस्रो स्थानमा छिन् । यो वर्ष उनको कमाइ गत वर्षको तुलनामा बढेर १ करोड १५ लाख अमेरिकी डलर पुग्यो ।

गत वर्षकोसूचीमा पाँचौं स्थानमा रहँदा रोजीको कमाइ ९५ लाख अमेरिकी डलर थियो । उनको कमाइ आफ्नै ब्रान्डको लिङ्गरी, मेकअप तथा सुगन्धका कारण बढेकोबताइन्छ । यसका साथै रोजी रोज इन्क नामक आफ्न ब्युटी वेबसाइटसमेत चलाउँछिन्
।
गिसेली बन्डछेनः सन् २००२ देखि फोब्र्स पत्रिकाको वर्षको सबैभन्दा बढी कमाइ गर्ने मोडलहरूको सूचीमा अग्र स्थानमा रहँदै आएकी ब्राजिलियन मोडल गिसेली बन्डछेनकोकमाइ विगतको तुलनामा निरन्तर ओरोलो लाग्दै गएको छ । उनी गत वर्ष दोस्रो स्थानमा धकेलिन पुगेकी थिइन् भने यो वर्ष अझ घटेर १० करोड अमेरिकी डलरमा समेटिन पुगेकी छिन् ।

वार्षिक कमाइ निरन्तर ओरालो लागेपनि फोब्र्सकोवर्ष २०१८ मा सर्वाधिक कमाइ गर्ने मोडलहरूकोसूचीमा गिसेली पाँचौं स्थानमा छिन् । यस वर्ष उनले आफ्नो जीवनमा आधारित लेसन्स शीर्षकको पुस्तक प्रकाशित गरिन् । उनको आबद्धता भिभारा तथा आरेजो नामक ब्राजिलियन ब्रान्डसँग पनि रह्यो । एजेन्सी







