काठमाडौ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको स्नातकोत्तर तहको प्रथम सेमेस्टरमा ८२ दशमलव २१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।

आइतबार प्रकाशित नतिजाअनुसार उपत्यका वाहिरका क्याम्पसहरुवाट ८७.८९ प्रतिशत र उपत्यकाभित्रका क्याम्पसहरुवाट ९१.७४ प्रतिशत विद्यार्थी उत्तिर्ण भएका डिनको कार्यालयले जनाएको छ। व्यवस्थापन संकाय डीनको कार्यालका अनुसार यो वर्ष पहिलोपटक देशभरी नै सेमेस्टर प्रणाली लागु गरिएकाले व्यवस्थापन संकायमा राम्रो नतिजा आएको छ। यसअघि त्रिवि केन्द्रीय विभाग र उपत्यकाभित्रका क्याम्पसहरुमा मात्र सेमेस्टर प्रणाली लागु गरिएको थियो।

पहिलो समेस्टरको परीक्षा भाद्ररआश्विन महिनामा लिइएको थियो भने तीन महिनाभित्र नतिजा प्रकाशन गरिएको डीन प्रा।डा।डिल्लीराज शर्माले जानकारी दिए। उनले विगत वर्षहरुमा वार्षिक प्रणालीको नतिजा हेर्दा सात देखि सत्र प्रतिशतसम्म मात्र विद्यार्थीहरु परीक्षामा उत्तिर्ण हुने गरेकोमा सेमेस्टर प्रणालीले नतिजामा उल्लेख्य सुधार ल्याएको बताए। janaboli

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार