बेलबारी । शीर्षक सुन्दै आङ्ग जिरिङ्ग भयो होला । मृत्यु भएरपनि काजकिरिया सकेको मानिस कसरी जिउँदै घर फर्किए ? तर मोरङको बेलबारी ११ लक्ष्मीमार्गमा यस्तै भएको छ । त्यहाँ एक ब्यत्तिको बिदेशमा मृत्यु भई शव समेत ल्याई काजकिरिया गरिसकेको अबस्थामा जिवितै फर्किएपछि दुनियाँ चकित भएको छ ।
शव नभेटिएपछि बेपत्ताको किरिया गरेपछि घर फर्किएको त यसभन्दा अघिपनि केही घटना भएका छन् । तर मृत्यु भयो भनेर शव समेत जलाएर काजकिरिया गरिसकेको मानिस फेरी कसरी जिउँदै तर उनी वास्तवमै जिउँदै आएपछि उनलाई हेर्न आउनेको संख्या दिनप्रतिदिन बढदै गएको छ ।
साउदी अरबमा भएको दुर्घटनामा बिक्रम सम्वत २०७२ सालमा ज्यान गुमाएको भनी शव समेत ल्याई दाहसंस्कार गरिसकेको अबस्थामा स्थानीय सुवास तामाङ जिवितै घर फर्किएपछि उनलाई परम्परा अनुसार फेरी जन्म दिएर बिवाह समेत गरिएको छ । दुर्घटनामा ज्यान गुमाएका भनिएका सुवास यतिबेला २ सन्तान र श्रीमान सन्तोषीका साथ सिटी सफारी चलाएर जिवन गुजारा गरिरहेका छन ।
देशमा कुनै रोजगारीको अबसर नभएपछि धन कमाएर सुखी जिवन यापन गर्ने र सन्तानलाई राम्रो शिक्षादिक्षा प्रदान गर्ने सपनाका साथ बिदेशिएका श्रीमानको दुर्घटनामा मृत्यु भएको खबर पाएपछि मोरङको बेलबारी– ११ की सन्तोषी तामाङ बिक्षिप्त बनेकि थिइन् । तर विधाताको लिला स्वीकार्नैपर्ने भन्दै पतिको शव नेपाल झिकाएर दाहसंस्कार समेत गरिन ।
उनको शव नेपाल ल्याएर दाहसंस्कार गरेको केही महिनापछि उनका पति सुवास तामाङको फोन आयो । शुरुमा उनले पत्याईनन । उनी मुर्छा नै परिन । पछि बारम्बार फोन आएपछि बिदेशमै रहेका आफन्तहरु मार्फत उनी जिवितै भएको कुरा थाह पाएपछि उनलाई बिश्वास गर्ने आधार बन्यो ।
साउदी अरेबियास्थित हुन्डाई कम्पनीमा मजदुरका रुपमा सुवास तामाङ विक्रम सम्वत २०७१ सालमा गएका थिए । उनी कार्यरत कम्पनीले उनको मासिक तलब बैंकमा जम्मा गरिदियो । तलब लिन सँगै काम गर्ने साथीहरु पनि गए । तलब लिएर फर्कंदै गर्दा गाडी दुर्घटना भयो । विक्रम सम्वत २०७२ असार २४ गते दुर्घटनामा परेका उनको परिवारमा कम्पनीबाट फोन आयो ।
साउदीमै रहेका सुवासका आफन्तले समेत उनको शव नेपाल पठाउन पहल गरे । १५ दिन नबित्दै उनको शव काठमाडौं ल्याईयो र काठमाडौंमा श्रीमती र बुबा हर्कबहादुर तामाङले शव लिएर बेलबारीमा ल्याई बिधिपुर्वक दाहसंस्कार समेत गरेका थिए । पछि उनी जिवितै घर नै फर्किएपछि यो खबर अहिले विश्वभरी फैलिएको छ ।







