पूर्व प्रधानमन्त्री एवं नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले तत्काल द्वन्द्व व्यवस्थापन गर्नुपर्ने भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

प्रतिनिधिसभाको बुधबारको बैठकमा विशेष समय लिएर भट्टराईले द्वन्द्व व्यवस्थापन छिटो गर्नुको विकल्प नभएको बताएका हुन्। क्षमा गर र भुल भन्ने नीतिका साथ द्वन्द्व व्यवस्थापन गरिनुपर्ने तर्क गर्दै उनले द्वन्द्व व्यवस्थापनका क्रममा आफु दण्डित हुन पनि तयार रहेको बताए। भने “साँच्ची नै साथीहरुलाई अहिले पनि रिस बाँकी छ भने दण्डित गर्नुहोस् म दण्ड ब्यहोर्न तयार छु। ”

द्वन्द्व व्यवस्थापन समयमै हुन नसक्दा विकास र शान्तिको बाटोमा अवरोध सिर्जना भएको भन्दै बाबुरामले समयमै द्वन्द्व व्यवस्थापन गर्नुपर्ने जोड दिए। उनले विप्लवलगायत तराईका असन्तुष्ट समूहसँग छलफल गरी समयमै माग सम्बोधन गर्नुपर्नेमा पनि जोड दिए।

विकास र समृद्धिका सपना समयमै पुरा गर्न नसके मुलुक फेरि द्वन्द्वमा फस्ने भन्दै उनले विप्लव समूहप्रति लक्षित गर्दै भने,“ उनीहरु अत्यन्तै गम्भीर ढंगले लागेका छन्। यदि हामीले बेलैमा विकास र सम्मृद्धिका सपना पुरा गर्न सकेनौ र हामीले जनतालाई सुशासन दिन सकेनौ भने त्यो ज्वाला फेरि दन्केर आउने खतरा म देख्छु।  त्यो बाटो ठीक छैन तर उनीहरुले रक्तश्राप गरेर यो राज्यलाई कमजोर पार्ने सामर्थ्व राख्छन्। ”

भट्टराईले संघीयतासँग असन्तुष्ट भएको पक्षसंग पनि समयमै छलफल र वार्ता गरेर समस्या सम्बोधन गरिनुपर्ने आवश्यकता औल्याए।

पूर्वीतमोर देखि अरुण हुँदै पश्चिमको महाकालिसम्मको यात्रामा आफूले विकास र पुर्वाधारका कार्यक्रममा असन्तुलन देखको भन्दै उनले निर्वाचिन क्षेत्र र जिल्लालाई नभई राष्ट्रिय नीति बनाएर योजनावद्ध साथ विकास र पुर्वाधार निर्माणको काम गरिनुपर्ने बताए।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार