नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरोले गिरफ्तार आफ्ना नेता-कार्यकर्ताहरुको बिनासर्त रिहाई गर्न माग गर्दै भोली २३ गते राप्ती बन्दको आह्वान गरेको छ ।

नेपाल कम्युनिस्ट पार्टी राप्ती ब्युरो इन्चार्ज सुवासले बुधबार प्रेस विज्ञप्ति जारी गरि गिरफ्तार आफ्ना नेताकार्यकर्ताहरुको बिनासर्त रिहाइ गर्न, राज्य सरकारको फासिवादी रवैयालाई नियन्त्रण गर्न र वैज्ञानिक समाजवादी आदर्श र मुल्यमान्यता स्थापित गर्न यही फागुन २३ गते १ दिने राप्ती बन्द कार्यक्रम आयोजना गरिएको जानकारी दिएका छन् ।

देशैभरि र राप्तीका विभिन्न जिल्लाबाट प्रहरी प्रशासनद्वारा गैरकानुनी र गैरलोकतान्त्रिक रुपमा गिरफ्तार, धरपकड, कुटपिट, मध्यरातमा आफ्ना नेताकार्यकर्ताहरुको घर खानतलासी, गालीगलौज, आतकिंत पार्ने र रोल्पा, दाङ लगायत जिल्लाहरुमा शान्तिपूर्ण रुपमा भइरहेका जनवर्गीय संगठनको सभा, सम्मेलन, भेला, कार्यक्रमहरुलाई प्रहरीद्वारा बिथोल्ने र रोक लगाइएकोले बन्द गर्नु परेकाे नेकपा राप्तीले जनाएकाे छ ।

यसैगरी राेल्पामा फागुन २० गते ने.क.पा. रोल्पा जिल्ला सदस्यहरु टिकाराम परियार, लाल बहादुर विक, नृतेन्द्र सेनलार्इ गरिएकाे गिरफ्तार अनि फागुन २१ गते शहिद परिवार, बेपत्ता योद्धा परिवार, घाइते अपाङ्ग अभिनन्दन कार्यक्रमबाटै दाङ जिल्ला पार्टी सचिवालय सदस्यहरु प्रदिप वली, इश्वरी पाण्डे र पार्टी जिल्ला सदस्य रुद्र वलीलाई गैरकानुनी ढंगले गिरफ्तार गरेको भन्दै बिनासर्त रिहाइ गर्न मागसहित आयोजना गरिएको विज्ञप्तीमा उल्लेख छ ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार