
कपिलबस्तुको शिवगढीमा प्रहरीले अप्रशेन गरेर अाफ्ना कार्यकर्तामाथि गाेली चलाएकाे नेपाल कम्युनिस्ट पार्टीले जनाएकाे छ ।
नेकपा लुम्बिनी ब्यूरोले प्रहरीले बरामद गरेको हतियार आफ्नो नभएको समेत बताएको छ । प्रहरीले आफ्नो हतियार जबरजस्ती थमाएर फसाउने षड्यन्त्र गरेको बताएको छ ।
नेकपा लुम्बिनी ब्यूरो इन्चार्ज वीरजंगले विहीबार विज्ञप्ति जारी गरेर दुर्गाबहादुर रोकाको घरमा भेटिएको भनिएको हतियार पार्टीको नभएर पार्टीको नभएको बताएका छन् । सुतिरहेको बेला रोकालाई गिरफु्तार गरेर बीच बाटोमा हतियार थाइदिएर प्रहरीले गोली हानेको वीरजंगले विज्ञप्तिमा उल्लेख गरेका छन् ।
“स्थानीय दुर्गाबहादुर रोकालाई विहान बजे आफ्नै घरमा सुतिरहेको अवस्थामा प्रहरीले गरिफ्तार गरी बीच बाटोमा जबरजस्त हतियार थामाईदिइ प्रहरीबाट नै उहाँको खुट्टामा गोली हानी घाइते बाएको छ,” विज्ञप्तिमा अगाडि भनिएको छ, “रोकाको घरमा भेटिएको भनिएको उक्त हतियार पार्टीको नभएको जानकारी गराउदछौं । र यो घटना प्रहरीले आफ्नो हतियार जबरजस्त धमाई षड्यन्त्रमूलक ढंगबाट फसाउने कुनियतबाट प्रेरित रहेको स्पष्ट गर्न चाहन्छौं ।” उनले घाइते रोकाको स्वास्थ्य लाभको कामना गर्दै रिहाईको अपील गरेका छन् ।
इन्चार्ज विरजंगले सर्वसाधारणलाई षड्यन्त्रमूलक फसाउने प्रपञ्च भएको बताउँदै खारेज गर्न चेतावनी दिएका छन् ।
त्यसैगरी भगवानपुर निमाविका प्रअ यादव चन्दको घरमा प्रहरीले जबरजस्ती खानतलासी गर्न खोज्दा विद्यार्थी र स्थानीयले प्रतिरोध गरेको समेत विज्ञप्तिमा बताइएको छ ।








