प्रहरी दमनका बाबजुद विप्लव नेकपा निकट क्रान्तिकारी महिला संगठनले १०९ औं अन्तर्राष्ट्रिय महिला दिवस अाज राजधानीमा मनाएका छन् ।

राजधानीकाे शान्तिबाटिकामा जम्मा भएका सयाैं क्रान्तिकारी महिलाहरूकाे जमघट चलिरहेकाे बेला प्रहरीले विप्लव नेकपाका स्थानीय नेताहरूमाथि हस्तक्षेप गर्दा स्थिति असामान्य बनेकाे थियाे ।

प्रहरीहरूकाे ठूलाे घेराबीच क्रान्तिकारी महिलाहरूले गगनभेदी नारा लगाउँदै शान्तिबाटिकाबाट असन, न्युराेडहुँदै पुन शान्तिबाटिका अाइपुगेर काेणसभाका परिणत भएकाे थियाे ।

विप्लव नेकपा निकट क्रान्तिकारी महिला सँगठनसँगै ऋषि कट्टेल नेतृत्वकाे नेकपा निकट महिला सँगठनले अाज संयुक्त रूपमा १०९ अाैं नारी दिवस मनाएका थिए ।

र्यालीपछि काेणसभामा परिणत भएकाे सभालार्इ क्रान्तिकारी महिला संगठनका नेतृहरूले महिला अधिकारका लागि सर्वहारा क्रान्ति जरूरी भएकाे तर्क राखेका थिए ।

हरेक वर्ष मार्च ८ तारिखका दिन यो दिवस मनाउने गरिन्छ । नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर महिला दिवस मनाउने प्रचलन छ ।

सन् १९०६ मा सम्पन्न महिलाहरूको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनबाट क्लारा जेट्किन सेक्रेटरी भइन् । त्यसपछि १९०८ मार्च ८ को दिन अमेरिकाको सिकागो सहरमा समान अधिकारको माग अघि सारेर महिलाहरूले हड्ताल र विशाल जुलुस प्रदर्शन गरे ।

महिला हक अधिकारको माग गर्दै भएको सोही प्रारम्भिक आन्दोलनको स्मरण तथा महिला अधिकारको संघर्षको दिनका रुपमा ८ मार्चलाई लिने गरिन्छ ।

जर्मनीकी मार्क्सवादी नेतृ क्लारा जेट्किनले सन् १९१० मा कोपेनहेगेनमा आयोजित महिलाहरुको द्वितीय अन्तर्राष्ट्रिय सम्मेलनमा ८ मार्चलाई अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको रूपमा प्रस्ताव गरेकी थिइन् । जसलाई सम्मेलनले पारित गर्यो र सन् १९११ देखि महिला दिवस मनाउने थिति बसालियो । जुन अद्यपि कायमै छ ।

https://youtu.be/27T61eWoais

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार