प्रधानमन्त्री केपी शर्मा ओली ओलीले विप्लव नेतृत्वकाे नेकपालाई लुटेरा समुहकाे संज्ञा दिएका छन् । निकै तल्लाे स्तरमा गाली गरेका अाेलीले विप्लव नेकपालार्इ नाम फेरेर लुटेरा समूह राख्न सुझाएका छन् ।

सरकार र सीके राउतको स्वतन्त्र मधेस गठबन्धनबीच भएको सहमति घोषणा कार्यक्रममा प्रधानमन्त्री ओलीले शान्ति सुरक्षा कायम गर्ने जिम्मा सरकारको भएको र त्यो सरकारले दमन गर्ने धम्कीकाे भाषा बाेले ।

विप्लव नेतृत्वकाे नेकपालार्इ नेकपा भन्न पनि बेइज्जत भएको अाेलीकाे भनार्इ छ । ‘नेकपा भन्न लाज हुन्छ, हुँदा पनि होइन नेकपा । विप्लव समूह भन्ने छ एउटा । कमसेकम लुट्नकै लागि नेकपा भन्ने बर्को त फ्याँक’ अाेलीले तल्लाे स्तरमा झरेर भने, ‘आफूले पनि नेकपै भन्नु पर्‍या छ । त्यस्ताले पनि नेकपा भन्छन् । बेइजत भइसक्यो नेकपा भन्दा पनि ।’

विप्लव नेतृत्वकाे नेकपाकाे पर्चा आफूले हेरिरहेको बताउँदै उनले विप्लव नेकपालार्इ चन्दा उठाउने समुहकाे संज्ञा दिए ।

‘चन्दाका नाउँमा मान्छे लुटेर हिँड्ने, मान्छेको हत्या गरेर हिँड्ने । विस्फोट गराएर हिड्ने अनि कम्युनिस्ट पार्टीको नाम लिने ?’ ओलीले भने, ‘कमसेकम कम्युनिस्ट पार्टीको नाम लिन बन्द गर । लुटेर समूह भन्ने नाम राख । अरु पनि छन् भने लुटेरा समूह विप्लव राख, प्रकाण्ड लुटेर समूह भनेपनि हुन्छ ।’

उनले विप्लव नेतृत्वकाे नेकपालाई अहिले हिडिरहेको बाटो छाड्न समेत आग्रह गरे । नभए सरकारले कारबाही गर्ने उनको चेतावनी छ ।

‘यो देशमा शान्ति सुरक्षा कायम गर्ने जिम्मा सरकारको हो । सरकारले गर्छ म सुन्ने थरी भन्न चाहन्छु’ उनले भनेका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार