२४ फागुन (सिन्ह्वा) । भारत र पाकिस्तानबीचको पछिल्लो विवादले फेरि विश्वको ध्यानाकर्षण गरेको चीनका परराष्ट्रमन्त्री वाङ यीले बताउनुभएको छ ।

चिनियाँ तेह्रौँ राष्ट्रिय जन काङ्ग्रेसको दोस्रो अधिवेशनको अवसरमा शुक्रबार मिडिया केन्द्रमा गरिएको पत्रकार सम्मेलनमा वाङले भन्नुभयो, “चीनले सुरूदेखि संयमता कायम राखेर घटना गम्भीर बन्दै जाने अवस्था नआओस् भन्नाका लागि आफ्नो स्थानबाट समस्याको समाधान गर्न सुझाव दिँदै आएको छ ।”

भारत तथा पाकिस्तानको विवादले विश्वको ध्यान केन्द्रित गरेको र यसलाई द्विपक्षीय वार्ताका माध्यमबाट समाधान गर्नु उचित हुने उहाँको भनाइ थियो ।
उहाँले थप्नुभयो, “हरेक मुलुकको सार्वभौमिकता र प्रादेशिक अखण्डता पूर्णरूपमा सम्मान गरिनुपर्ने भनाइ चीनले सधैँ जोड दिइआएको छ ।”

मन्त्री वाङले भन्नुभयो, “पाकिस्तान र भारत दुई निकट छिमेकी भएको र दुई देशका जनताले हजारौं वर्षको दक्षिण एशियाली उपमहाद्विपीय सभ्यताको उपभोग गरेका छन् । दुई देशका सामु साझा रूपमा स्थिरता, विकास तथा समृद्धि हुने महŒवपूर्ण मौका देखापरेको छ । चीनले दुई पक्षलाई सह–अस्तित्वमा गएर आपसी सहयोग गर्ने आशा लिएको छ ।”

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार