
पुनगर्ठित माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले विखण्डनकारी सिके राउतसँग सरकारले गरेको सहमतिको तीब्र रुपले भण्डाफोर गरेका छन् ।
किरातीले सिके राउतको स्वतन्त्र मधेश गठबन्धनलाई एक राजनीतिक शक्तिको रुपमा स्वीकार गरेर केपी ओली र प्रचण्ड च्यांक काइ सेक र लेन्डुप दोर्जे बनेको गंभीर आरोप लगाएका छन् ।
अध्यक्ष किरातीले एक प्रेस नोट जारी गर्दै केपी ओली सरकार र सिके राउतबीच भएको सहमतिलाई भत्र्सना गरेका हुन् ।
सिके राउतले अमेरिकी साम्राज्यवादसँग ५ सय मिलियन डलर घुष खाएर पश्चिमी सेनाको प्रतिनिधि बनेको मान्छेलाई स्वीकार गरेर ओली प्रचण्डले ठूलो गद्धाराी गरेको किरातीको आरोप छ ।
ओली सरकार र सिकेबीच भएको यस्तो राष्टघाती सम्झौताका विरुद्ध आन्दोलनमा उत्रिन किरातीले देशभक्त, वामपन्थी शक्तिहरुलाई खुला अपिल गरेका छन् ।







