
जलस्राेत विज्ञ एवं सामाजिक अभियन्ता रतन भण्डारीले सीके रावतसँग सम्झौता गरेर केपी अाेली सरकार महा राष्ट्रद्राेही भएकाे गंभीर अाराेप लगाएका छन् ।
सीके राउतसँग नेपाल सरकारले गरेको भनिएको कथित सम्झौता विखण्डनकारीको पक्षमा भएको बताउँदै भण्डारीले सरकारको उक्त निर्णयलाई महाअपराधको संज्ञा दिएका छन् । भण्डारीले सीके राउतसँगको सम्झौता देशद्रोह भएको बताएका छन् । सम्झौता गर्ने प्रधानमन्त्री ओली र समर्थन गर्ने पार्टी अध्यक्ष प्रचण्ड विखण्डनकारी भएको जिकीर भण्डारीको छ ।
राष्ट्रिय अखण्डताविरोधी भएको रहेको र त्यसविरुद्ध नेता भीम रावलबाहेक अरू कुनै नेता देखा नपरेकाे भन्दै उनले अन्य नेता–कार्यकर्तालाई पनि सो गलत सम्झौताविरुद्ध बोल्न आह्वान गरेका छन् ।
“राष्ट्रिय अखण्डताविरोधी सम्झौताविरुद्ध नेकपाका नेता भीम रावल जतिपनि बोल्ने साहस तिनका कार्यकर्तामा देखिएन । नेता रावल एक्लै विखन्डनकारीका पक्षमा भएको “महाअपराधजन्य सम्झौता”विरुद्ध उभिएका छन्, तर कार्यकर्ताको ताँती केपी–पीके तिर छ । विखन्डनकारी केपी–पीकेलाई थाग्नामा सुताई आफ्नो मुद्दा स्थापित गराउन विखण्डनकारी सफल भएको छ” भण्डारीले भनेका छन् ।
उनले सामाजिक संजालामा आफ्नो मत जाहेर गरेका हुन् । सरकार र राउतबीच नेपाल सार्वभौमिकता र क्षेत्रीय अखण्डतामा आँच आउने गरी भएको कथित ११ बुँदे सम्झौताबारे जानकार रहेपनि (नेकपा)का अन्य नेता कार्यकर्ता भने उक्त सम्झौताबारे अनभिज्ञता प्रकट गरिरहेका छन् ।
भण्डारीकाे यस्ताे छ फेसबुक स्टाटसः
‘राष्ट्रिय अखण्डताविरोधी सम्झौताविरुद्ध नेकपाका नेता भीम रावल जतिपनि बोल्ने साहस तीनका कार्जेकर्तामा देखिएन । नेता रावल एक्लै विखन्डनकारीका पक्षमा भएको महाअपराधजन्य सम्झौताविरुद्ध उभिएका छन्, तर कार्जेकर्ताको ताँती केपी–पीकेतिर छ । विखन्डनकारी केपी–पीकेलाई थाग्नामा सुताई आफ्नो मुद्दा स्थापित गराउन सफल भएको छ । तर, नेकपाका कार्जेकर्ताजन जानेपनि नजानेझैं गरिरहेका छन् । गलत सम्झौता ढाकढोपका लागि नयाँ शब्दवली उत्पादनमा छन् । याद रहोस्, यो देश ३ करोड नेपालीको हो । देशको राष्ट्रिय अखण्डतामाथि आँच आउने गरी सम्झौता गर्ने अधिकार कसैलाई छैन । विखण्डनकारीका मुद्दामा सहमति जनाउँदै राष्ट्रिय अखण्डतामाथि आँच आउने गरी राज्य विप्लवकारीसँग सहमति गर्नेहरु “देशद्रोही” हुन् । विखण्डनकारीसँग सहमति गर्ने “महादेशद्रोही” हुन् । पार्टी र नेताभन्दा ठूलो देश हो । त्यसैले नेकपाका कार्जेकर्ताजन हो, विखण्डनकारीसँग ठूलो साजिससहित भएको गलत सम्झौता ढाकछोप गर्न शब्द उत्पादन भन्दा भण्डाफोरमा लाग… ।’








