
सरकारले विप्लव नेतृत्वकाे नेकपालार्इ ‘अपराधिक संगठन’ भएको अाराेप लगाउँदै प्रतिबन्धकाे घाेषणा गरेकाे छ ।
मंगलबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले विप्लव नेतृत्वकाे नेकपालार्इ प्रतिबन्ध लगाउने घोषणा गरेको हो । विप्लव नेकपाले ‘आपराधिक कृयाकलाप’ गरेको, विकासका पूर्वाधारमाथि बम विस्फोट गराउने र व्यक्तिको शान्ति सुरक्षामथि आक्रमण गर्ने कार्य गरेको अाराेप लगाउँदै सरकारले यस्ताे घाेषणा गरेकाे हाे ।
मन्त्रिपरिषद् बैठकले विप्लव नेकपाबाट अब कुनै पनि गतिविधि गर्ने नदिने गरी प्रतिबन्ध लगाएको सरकारले बताएको छ ।राज्यले वार्तामा बोलाउँदा समेत नआएपछि सरकारले प्रतिबन्ध लगाएकाे बताइएकाे छ ।
स्राेतका अनुसार बैठकमा गृहमन्त्री बादलले सांसद सोमप्रसाद पाण्डे नेतृत्वको वार्ता समितिले वार्तामा ल्याउन गरेको प्रयास, विप्लव नेकपाका पछिल्ला गतिविधि, एनसेल लगायतका स्थानमा भएको बम विस्फोटले यस्ताे घाेषणा गर्न बाध्य भएकाे बताइएकाे छ ।
अाेली सरकारले घाेषणा गरेकाे यस्ताे कदमले गणतन्त्र ल्याउन बलिदान गरेका मान्छेलार्इ ठूलाे घात भएकाे विश्लेषण गर्न थालिएकाे छ ।







