
पुनर्गठित माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले सरकारले विप्लव नेकपामाथि लगाएको प्रतिवन्धको विरोध गरेका छन् ।
जनपाटी अनलाइनसँगको संक्षिप्त कुराकानीमा किरातीले मंगलबार मन्त्रीपरिषद बैठकले गरेको प्रतिवन्धको घोषणा अलोकतान्त्रिक भएको भन्दै त्यस्ताे निर्णय फिर्ता लिन सरकारलार्इ अनुराेध गरेका छन् ।
किरातीले विप्लव नेकपालाई भने सरकारसँग वार्तामा आउन अनुरोध गरेका छन् ।
विप्लव नेकपामाथि सरकारले घोषणा गरेको प्रतिवन्ध अलोकतान्तिक छ, किरातीले भने, तर सरकारसँग विप्लव नेकपा वार्तामा आउनुपर्छ ।
साथै किराती नेतृत्वको माओवादी केन्द्रले बुधबार पत्रकार सम्मेलन गरेर थप ताजा धारणा सार्वजनिक गर्ने भएको छ ।







