विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका नेताहरूले सरकारले अाफुहरूमाथि प्रतिवन्ध लगाएर दमन गरे त्यसकाे प्रतिराेध गरिने चेतावनी दिएका छन् ।

विप्लव नेकपाका  पोलिटब्यूरो सदस्य मोहनबहादुर कार्की जीवन्त र अर्का केन्द्रीय सदस्य भेषराज भुषालले यस्ताे कडा चेतावनी दिएका हुन् । नेकपा पाेलिटव्युराे सदस्य  मोहनबहादुर कार्की जीवन्तले सिके राउतसँग सहमतिपछि सरकारले आफूहरुमाथिकाे प्रतिवन्ध षड्यन्त्र भएको बताएका छन् ।

कार्कीले एक अनलाइन मिडियासँग कुराकानी गर्दै सरकार दमनमा अाए त्यसकाे प्रतिराेध गर्ने चेतावनी दिएका हुन् ।  उनले भने, ‘जनतामाझ जान्छौं र सरकारको निर्णयको भण्डाफोर गर्छौं, राज्य दमनमा उत्रिए प्रतिवाद गर्छौं ।’

पार्टी नेतृत्वबाट यही सन्देश सम्प्रेषण भएको पोलिटब्यूरो सदस्य कार्कीले बताए । साथै आजभोलिमै सरकारको निर्णयबारे महासचिव विप्लवबाट आधिकारिक वक्तव्य आउने बताए ।

यसैबीच विप्लव नेतृत्वको पार्टी नेकपाका केन्द्रीय कार्यालय सचिव भेषराज भुसाले सरकारले गरेकाे प्रतिवन्धकाे निर्णय जनताकाे सीमित अधिकारमाथि भएकाे नांगाे हस्तक्षेपकाे संज्ञा दिएका छन् ।

‘सरकारले आज गरेको निर्णले जनताको सिमित अधिकारमाथि नांगो हस्तक्षेप र षड्यन्त्र गर्यो । पार्टीले यसको प्रतिवाद गर्छ ।’ भुषालले भने ।

साथै नेता भुषाले सरकारको यो निर्णयले नेकपालाई कुनै असर नगर्ने दावी गरेका छन् । उनले भने, ‘सरकारको यो निर्णयले हामीलाई कुनै असर गर्दैन । हामी जनताको पक्षमा लड्छौँ ।’

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार