
पूर्वमाओवादी नेता लोकेन्द्र विष्टले भने सिके राउतलाई चाहिँ सांसद र मन्त्री बनाउन खोज्नु तर विप्लवमाथि प्रतिबन्ध लगाउनु सरकारको दोहोरो चरित्र भएको प्रतिक्रिया दिएका छन् ।
माओवादी केन्द्र छाडेर हाल स्वतन्त्र रहेका पूर्वमन्त्री विष्टले सरकारकाे यस्ताे कदमकाे विराेध गरेका हुन् ।
‘यसअघिसम्म सरकारका तिनै मान्छेले विप्लव समूह राजनीतिक शक्ति हो भनिरहेका थिए’, विष्टले भने, ‘आज आएर एक्कासी आपराधिक समूहको जस्तो व्यवहार गर्नुले सरकारमा बस्नेहरुमा बोलीको ठेगान नभएजस्तो देखियो ।’
सरकारकाे यस्ताे निर्णयपछि सबैतिरबाट चर्काे विराेध भएकाे छ ।







