
अाेली सरकारले विप्लव नेकपामाथि प्रतिबन्ध लगाउने निर्णय गरेसँगै सामाजिक सञ्जालमा सरकारकाे यस्ताे कदमकाे विभिन्न पार्टीका विभिन्न नेताहरूले चर्काे अालाेचना गरेका छन् ।
पूर्वमन्त्रीदेखि विभिन्न राजनीतिक दलका नेता, कलाकारहरुले सरकारको निर्णयविरुद्ध आ-आफ्ना प्रतिक्रिया जनाएका छन्। पूर्वमन्त्री लोकेन्द्र विष्ट मगरले नेकपा (विप्लव) समूहलाई राजनीतिक मुद्दाको रुपमा स्वीकारिसकेको अवस्थामा प्रतिबन्ध लगाएकोप्रति आश्चर्य व्यक्त गरेका छन्।
विद्यार्थी नेता जागृह रायमाझीले प्रतिबन्धबाटै निरंकुश र क्रूर शासकहरुको पतन यात्रा सुरु हुने उल्लेख गरेका छन् भने लोक गायक बन्द्री पंगेनीले वार्ता र संवादबाट निकास खोज्नु पर्नेमा जोड दिएका छन्।
सामाजिक सञ्जालमा आएका प्रतिक्रियाहरु….
नेकपा(विप्लव) माथि प्रतिबन्ध लागेकै हो त? कारण के कति रहेछ?? हिजोसम्म त राजनीतिक मुद्दा भन्दै थे त???!!!
शुभयात्रा सरकार!!! – लोकेन्द्र विष्ट मगर, पूर्वमन्त्री
ओली सरकारले सिके राउतको पृथकतावादी “स्वतन्त्र मधेस गठवन्धन” लाई राजनीतिक मूलप्रवाहमा ल्याएँ भनी दावी गरेको ९६ घण्टाभित्र विप्लव नेतृत्वको नेकपा पार्टीलाई संविधान विपरित प्रतिवन्ध (ban) गर्ने निर्णय गरेको छ । अजव नेपाल, कम्युनिष्ट सरकारले कम्युनिष्ट पार्टीमाथि प्रतिवन्ध !! – राप्रपा नेता सुरेशप्रसाद आचार्य
विगतबाट पाठ सिकौं वार्ता र संवाद बाट निष्कर्ष खोजौं।– बन्द्री पंगेनी, लोकगायक
प्रतिबन्धबाटै सुरु हुन्छ निरंकुश र क्रुर शाषकहरुको पतन यात्रा ! – जागृत रायमाझी, विद्यार्थी नेता
देशले अर्को द्वन्द्व खेप्न सक्दैन। हामीले धेरै ठूलो मूल्य चुकाएर आएका छौं। त्यसलाई संस्थागत गर्नु आजको दायित्व हो। दुःखद कुरा हामी भड्कियौं, भड्काइयौं। समय छ। आत्मसमिक्षा गरौं। राज्य बढी जिम्मेवार र विवेकी बनौस, राजनीतिक समाधानका सबै उपायहरु अवलम्वन गरोस्।– रमेश मल्ल, विद्यार्थी नेता







