नयाँ शक्ति नेपालका संयाेजक डा.बाबुराम भट्टरार्इले केपी अाेली सरकारले विप्लव नेकपामाथि प्रतिवन्ध थाेपरेर मजाककाे नियति दाेहर्याएकाे बताएका छन् ।

पूर्व प्रधानमन्त्रीसमेत रहेका डा. भट्टरार्इले मार्क्सकाे भनार्इ उल्लेख गर्दै अाेली सरकारले विप्लव नेकपालार्इ दमन गरेर सिध्याउने प्रतिवन्धकाे निर्णयलार्इ वियाेगान्त र मजाककाे रूपमा लिएका छन् ।

सामाजिक संजाल फेसबुक र टवीटरमा बाबुरामले कम्युनिस्ट नाम गरेकाे सरकारले अर्काे कम्युनिस्ट पार्टीमाथि प्रतिवन्ध थाेपर्नु अचम्म भएकाे भन्दै त्यसले पुर्याउने बाटाे भनेकै विनाशकाे बाटाे भएकाे उल्लेख गरेका छन् ।

विप्लव नेकपालार्इ प्रतिवन्धित गरेर अाेली सरकारले अाफ्नाे अवसानकाे बाटाे पनि सँगै राेजेकाे बताएका छन्।

हेराैं बाबुराम भट्टरार्इकाे फेसबुक र टवीटरमा लेखिएकाे स्टाटस –

मार्क्सले हेगेललाई उद्धृत गर्दै भनेका थिए : ‘इतिहास दुइ चोटि दोहोरिन्छ-पहिलो चोटि वियोगान्त (Tragedy) रूपमा र दोश्रो चोटि मजाक (Farce) रूपमा!’

नेकपा डबल सरकारले नेकपा बिप्लव समूहलाई ‘अपराधिक’ भन्दै औपचारिक रूपले प्रतिबन्धित गरेको छ र उसका विरूद्ध राज्यको सुरक्षा शक्ति प्रयोग गर्ने घोषणा गरेको छ! एउटा कम्युनिष्ट भन्ने पार्टीको सरकारले अर्को कम्युनिष्ट नै दावी गर्ने समूहलाई यसरी दमन गर्ने तयारी देख्दा विश्व इतिहासका यस्तै केही चर्चित विडम्वनापूर्ण घटनाको सम्झना गराउँछ !

आज भन्दा ठीक एक सय बर्ष पहिले सन् १९१९ मा जर्मनीको त्यति वेला Social Democratic Party of Germany (SPD) भनिने सुधारवादी कम्युनिष्ट पार्टीको सरकारले Communist Party of Germany (KPD) भनिने क्रान्तिकारी कम्युनिष्ट पार्टीमाथि दमन गरेर उनीहरूका नेताहरू रोजा लक्जेम्बर्ग, कार्ल लाइभ्नेख्त लगायतको नृसंस हत्या गरेको थियो! त्यसरीनै भारतको पश्चिम बंगालमा सन् १९६७-०७२ मा त्यहाँको सुधारवादी कम्युनिष्ट पार्टी CPM को सरकारले क्रान्तिकारी कम्युनिष्ट पार्टी CPI-MLमाथि भीषण दमन गरेर चारू मजुमदार लगायतका नेताहरूको हत्या गरेको थियो!

अाखिर त्यसको परिणाम के भयो? अन्तत: दुवै धारको भिन्न भिन्न प्रकारले अवसान भयो!

के नेपालमा पनि त्यही इतिहास दोहोरिन लागेको हो?

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार