
नेकपा क्रान्तिकारी माअाेवादीले विप्लव नेकपामाथि थाेपरहेकाे प्रतिवन्धलार्इ फासिवादकाे संज्ञा दिएकाे छ ।
क्रान्तिकारी माअाेवादीद्धारा जारी विज्ञेप्तीमा देशमा विद्यमान राजनीतिक समस्याहरुको समाधान राजनीतिक रुपमा नभई प्रशासनिक रुपमा गर्न ओली सरकारले लिएको निर्णयकाे कडा शव्दमा विरोध गरिएको छ ।
कम्युनिष्ट भनाउने सरकारले विप्लव नेकपामाथि प्रतिबन्ध लगाउने र उक्त पार्टीका नेता तथा कार्यकर्ता पक्राउ गर्ने तथा यातना दिने काम नगर्न चेतावनी दिएको छ ।
“केही समययता सरकारद्वारा नेकपा विप्लव समूहका नेताकार्यकर्ताहरुलाई व्यापक रुपमा धरपकड गर्ने तथा यातना दिने गरिएका कुरा सार्वजनिक भएका छन् । भरखरै सरकारद्वारा विप्लव नेतृत्वको नेकपामाथि प्रतिबन्ध लगाइएको कुरा समेत सार्वजनिक गरिइएको छ ।”विज्ञप्तिमा भनिएको छ– ”आफूलाइ कम्युनिस्ट भनाउने सरकारद्वारा एउटा कम्युनिस्ट समुहमाथि गरिएको फासिवादी व्यवहार निन्दनीय छ । ”
क्रान्तिकारी माअाेवादीले विप्लव नेकपालार्इ दमनकाे बाटाे हाेइन वार्ताकाे बाटाे राेज्न अनुराेध गरेकाे छ ।
विज्ञेप्तीमा भनिएकाे छ, ”हाम्रो पार्टी सरकारको यस प्रकारको फासिवादी गतिविधिको तथा व्यवहारको कडा विरोध तथा भत्र्सना गर्दै राजनीतिक समस्याको समाधान राजनीतिक रुपमा गर्न, धरपकड गर्ने तथा यातना दिने कामलाई अविलम्ब रोक्न र सो प्रतिबन्ध फिर्ता लिन सरकारसित विशेष माग गर्दछ ।”







