
सरकारले विप्लव नेतृत्वको नेकपाका पोलिट ब्युरो सदस्य मोहन कार्की जीवन्तलाई सरकारले राजद्रोहको मुद्धा लगाएको छ ।
प्रतिवन्ध घोषणा गरे लगत्तै पक्राउ परेका नेता जीवन्तलार्इ शुक्रबार राति सिआईबीले पक्राउ गरेर सार्वजनिक नगरी राखिएकाे थियाे । नेता जीवन्तलाई आज बिहान टेकु चौकीमा लगेर अदालतमा ल्याई सो मुद्धा दायर गरिएको हो ।
जिल्ला अदालत काठमाण्डौंले जीवन्तलाई पाच दिनको म्याद थपेको छ । सो पार्टी गठन भएर आएपछि पहिलो पटक कुनै पनि नेतालाई राजद्रोहको मुद्धा लगाएको यो पहिलो पटक हो ।
अखािल किसान महासंघ क्रान्तिकारीका संयाेजक राजु कार्कीलाई थप ४ दिन म्याद थप गरेकाे छ भने युवा संगठनका जयराम दंगाेललाई तीन दिन म्याद थप गरेकाे छ । तीनै जनालाई महानगरीय प्रहरी परिसर टेकुमा राखिएकाे छ ।







