सरकारले विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माथि लगाएको प्रतिबन्धको चौतर्फी आलोचना भइरहेको बेला नेपाली जनप्रगतिशील मोर्चा युएइले सरकारलाई चेतावनी दिएको छ ।

प्रतिबन्धले राजनीति रोक्न नसकिने बताउदै राजनीति गर्न पाउने हरेक नागरिकको नैसर्गिक अधिकार हनन गरेको बताएको छ ।

आफ्नो पार्टीलाई औपचारिक बार्ताको कुनै पहल नगरेको बताउदै नेकपामाथि लगाइएको वार्ताविरोधि आरोपलाइ झुठो भनेको छ । पार्टी सधैं बार्ता र सम्वादद्वारा राजनीतिक समस्या हल गर्न चाहेको तर कुनै पहल नगरी प्रतिबन्ध गरि युद्दमा घकेलेको आरोप समेत लगाएको छ ।

नेपाली कम्युनिस्ट आन्दोलनमा सत्तापक्षबाट हरेक कालखण्डमा प्रतिबन्धहरु भोग्दै आएका पार्टी र नेताहरुद्वारा नेकपामाथि प्रतिबन्ध लगाएको नेपाली जनप्रगतिशील मोर्चा युएइले बिज्ञप्ति मार्फत जनाउदै प्रतिबन्ध खारेज गर्न माग गरेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार