फाइल तस्बीर ।

काभ्रेमा प्रहरीले विप्लव नेकपाका कार्यकर्तामाथि गोली चलाएको छ ।

प्रहरीले राज्यद्वारा प्रतिवन्धित विप्लव नेकपाका कार्यकर्ता पक्राउ गर्ने क्रममा जिल्लाको रोशी गाउँपालिकामा मंगलार साँझ गोली चलाएको हो ।

सो क्रममा एक जना विप्लव नेकपाका कार्यकर्ता पक्राउ परेको भएपनि गोली कसैलाई लागे–नलागेको खुल्न बाँकी रहेको छ ।

विप्लव नेकपाका कार्यकर्ता सो क्षेत्रमा रहेको भन्ने सूचनाका आधारमा पुगेको महानगरीय अपराध महाशाखा काठमाडौंको टोलीले गोली चलाएको बताइएको छ ।

सरकारी प्रतिबन्धपछि प्रहरीले देशभर विप्लव नेकपाकाको गतिविधिमाथि निगरानी बढाएको छ ।

आजैमात्रै विप्लव नेकपाले काभ्रेबाट जनप्रतिनिधि, राजनीतिक दल र प्रहरीलाई लखेट्ने धम्की दिएको थियो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार