नागरिक समाजका अगुवा डा.सुन्दरमणि दीक्षितले विप्लव नेकपामाथि ओली सरकारले हठातमा प्रतिवन्ध लगाएर ठूलो गल्ती गरेको भन्दैं सो गल्ती सच्चाउन अनुरोध गरेका छन् ।

सुस्पष्ट राजनीतिक एजेण्डा बोकेर अगाडि बढेको राजनीतिक शक्ति विप्लव नेकपालाई ओली सरकारले प्रतिवन्ध लगाएर ठूलो भूल गरेको र त्यसमा अझ ओलीलाई हिजो जनयुद्धका सहकर्मी नेताहरुले साथ दिएर विप्लवमाथि थोपरिएको प्रतिवन्ध उनीहरुका लागि ठूलो प्रत्युत्पादक हुने डा.दीक्षितको भनाई छ ।

ओली सधैै माओवादी र परिवर्तन विरोधी भएकोले उनले विप्लवमाथि दुश्मनी साध्नु स्वभाविक भएपनि प्रचण्ड र बादलजस्ता नेताहरुले आफ्नै सहयोद्धामाथि प्रतिबन्ध थोपर्न ओलीलाई दिएको साथ भोली निकैं मंहगो हुने डा.दीक्षितले चेतावनी दिए ।

दश वर्षे जनयुद्धकालमा आफुले तत्कालीन माओवादी र सत्तापक्षबीच निकैं खतरा मोलेर वार्ताबाट निकासका लागि प्रयत्न गरेको भन्दैं नागरिक अगुवा दीक्षितले अहिले ओली सरकारले बलजफ्ती प्रतिबन्ध घोषणा गरेर वार्ताको ढोका बन्द गरेको आरोप लगाए ।

देश अब डरलाग्दो गृहयुद्धमा जाने खतरा रहेको भन्दैं यसको सबै दोष ओली सरकार त्यसमा पनि अनुदार मानिने केपी ओली जिम्मेबार हुने डा.दीक्षितको भनाई छ ।

हिजो संगै जनयुद्ध लडेका प्रचण्ड र बादलले विप्लवलाई दमनबाट सिध्याउन लाग्छन् या वार्ताबाट उनीह्रुको माग समाधानतिर लाग्छन्, त्यो प्रचण्डको हातमा रहेको नागरिक अगुवा दीक्षितको चिन्ता छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार