लाेकसभाकाे निर्वाचन नजिकदैं गर्दा सुरक्षाकर्मी सवार एक बस भारतीय माअाेवादीहरूकाे विद्युतीय धरापामा परेकाे छ ।

भारतीय माओवादीले छत्तिसगढको बीजापुर जिल्लामा सुरक्षाकर्मीसहित सवार बस धरापमा परेको हो ।भारतीय संचारमाध्यमहरुका अनुसार चुनावको लािग खटिएका सुरक्षाकर्मी सार्वजनिक बसमा सवार गर्दै थिए ।

बीच सडकमा विस्फोट परी सुरक्षाकर्मीसहित ९ जना घाइते भएका छन् ।

नक्सल विरोधी अभियानमा खटिएका प्रहरी उपमहानिरीक्षक सुन्दराज पीले घाइतेमध्ये एक जनाको अवस्था गम्भीर रहेको संचारमाध्यमहरुलाई जानकारी दिएका छन् । उनका अनुसार घटना बुधबार साँझ ७ः४५ मा घटना भएको थियो ।

प्रहरीले घटना स्थल पुगेर खोजी कार्य जारी राखेपनि माओवादीलाई भेटाउन सकेको छैन । घाइतेको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।

अप्रिल ११ र १८ मा हुने लागेको लोकसभा चुनावको लागि सुरक्षाकर्मी गाउँगाउँमा पुगेपछि माओवादीले पनि गतिविधि बढाएका छन् ।

त्यस्तै अप्रिल २३ गरी तीन चरणमा निर्वाचन हुँदैछ । लोकसभाका ११ सिटको लागि छत्तिसगढमा चुनाव हुँदैछ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित समाचार