
विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीले काभ्रे घटनाबारे अाफ्नाे अाधिकारिक धारणा बाहिर ल्याएकाे छ ।
संगठन सुदृढीकरण अभियानमा संलग्न नेकपाका अभियानकर्मीहरूलार्इ गिरफ्तार गरेकाे भन्दै नेकपाका स्थायी समिति सदस्य एवं मध्य केन्द्रीय कमाण्ड इञ्चार्ज हेमन्त प्रकाश अाेली सुदर्शनले विज्ञेप्तीमार्फत स्पष्ट धारणा बाहिर ल्याएका हुन् ।
सो पार्टीका स्थायी समिति सदस्य तथा मध्य केन्द्रीय कमान्ड इन्चार्ज हेमन्तप्रकाश ओली ‘सुदर्शन’ ले चैत ७ गते बिहीबार प्रेसविज्ञप्ति जारी गर्दै आफ्नो पार्टीको निशाना दलाल पुँजीवादी, कालोबजारी, भ्रष्टाचारी र बलात्कारीहरू रहेको तर सेना, प्रहरी वा कुनै पनि सुरक्षा निकाय लक्षित आक्रमण गर्ने नीति नभएको स्पष्ट पारेका छन् ।
आफ्नो आन्दोलनको निशाना दलाल पुँजीवाद भएको भन्दै अहिले प्रहरी तथा कुनै पनि सुरक्षा निकायमाथि आक्रमण गर्ने योजना नभएको स्पष्ट पारेको छ ।
सरकारले नेकपामाथि प्रतिबन्ध लगाएपछि उत्पन्न परिस्थितिले देश गृहयुद्धमा जाने सर्वत्र चिन्ता गरिएको बेला नेता सुदर्शनले जनता, क्रान्तिकारी शक्ति, देशभक्तहरू, सच्चा लोकतन्त्रवादीहरूको समेत ध्यानाकर्षण पनि गराएका छन् । साथै उनले आफ्नो पार्टीका पोलिटब्युरो सदस्य मोहन कार्की ‘जीवन्त’ लगायत गिरफ्तार गरिएका सम्पूर्ण नेता–कार्यकर्ताहरूको रिहाइको माग गरेका छन् ।
सरकारले गिरफ्तार गरिएहरूलाई तुरुन्त रिहा नगरेमा कुनै पनि जनप्रतिरोधको कारबाही अघि बढाउन बाध्य हुने चेतावनी सुदर्शनले दिएका छन् ।
हालै काभ्रेमा प्रहरी र नेकपाका कार्यकर्ताबीच गोली हानाहान भएको भनी प्रचारित समाचारलाई लिएर प्रहरी आफैँले एकतर्फी गोली चलाएर जबाफी कारबाही गरेको बकबास गरेको कुरा पनि सुदर्शनको विज्ञप्तिमा उल्लेख छ ।








